रवि, बालेन वा हर्क !
आँखा बन्द गरेर कसैलाई नपत्याउनु । कसैलाई पनि भगवान नबनाउनु ।
चित्त नबुझ्दा प्रश्न गर्नु, शंका लाग्दा शंका राख्नु ताकि उनीहरु पनि आफुलाई अरु भन्दा माथी नमानुन्, जनता भन्दा सर्वोच्च नठानुन् । जिम्मेवार रहुन् । जवाफदेहि रहुन् ।
नत्र सोच्नु कि अहिले पुराना भनिएकाहरु पनि सुरुमा आउदा नयाँ थिए, क्रान्तिकारी थिए, परिवर्तनकारी मानिएका थिए , तत्कालको व्यवस्थाका विकल्प थिए , आशा थिए ।
तर हेर्नुस् त उनीहरु त्यतिबेला आफुले फालेकाहरु भन्दा बढि ज्याद्रा कसरी भएका छन् ? काम नलाग्ने कसरी भएकाछन् । यसको दोष उनीहरलाई सर्वेसर्वा मान्ने हामीहरुकै होईन र ? उनीहरुका पछि लाग्ने कार्यकर्ताहरु कै होईन र ? उनीहरुका मलद्वारलाई हरिद्वार भन्दै पुज्ने भक्तहरुकै होईन र ?
अहिलेका नयाँहरुलाई पनि त्यस्तै बनुन् भन्ने चाहनुहुन्छ भने उनीहरुलाई भगवान मान्नुस् । आँखा बन्द गरेर पत्याउनुस् ।
होईन भने, साथ दिनुहोस् तर प्रश्न पनि गर्नुस् । सहयोग गर्नुहोस् तर शंका पनि राख्नुहोस् ।
– सरोज कार्की