spot_img
spot_img

लैङ्गीक विभेद, महिला हिंसा र कानून कार्यन्वयनमा चुनौती- अञ्जु भण्डारी

- Advertisement -

लैंगिक हिंसा के हो ?

लैंगिक आधारमा शारीरिक ‘मानसिक, सामाजीक, सांस्कृतिक आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी कुनै हिंसा लाई लौङ्गीकतामा आधारीत हिंसा भनिन्छ ।

सोत साधन, अवसर जीम्मेवारी तथा हक अधिकारको असमान वितरण सानो उमेरमा वा बालविवाह, महिलालाई घरमा मात्र सीमीत राख्नु, महिलाको कामको मुल्याङ्कन नगरीनु जस्ता लिंगको आधारमा हुने हिंसाहरु यस अन्तर्गत पर्दछन ।

नेपालमा यसको प्रभाव

नेपालजस्तो अल्प विकसित मुलुकमा अझै पनि विभिन्न किसीमका बेरोजगारी, शिक्षाको अभाव लैंगिक भेदभाव कारणले महिलाहरू पछि परेको परिपेक्षमा महिला हिसां तिब्र गतिमा वृद्धि भइरहेको देख्न सकीन्छ ।

विशेषगरी अझै पनि कुनै कुनै ठाउँमा महिलाहरुलाई शिक्षा प्राप्त गर्नबाट वञ्चित गराउने महिला भनेको केवल घरव्यवहार र सन्तान उत्पादन गर्ने साधनको रूपमा मात्र हुन भन्ने कमजोर मनस्थीती ले गर्दा महिला हिंसा एवम लैंगिक विभेद बढीरहेको छ ।

नेपालका ७७ जिल्लामा बसोवास गर्ने मानिसहरू अर्थात अझै पनि ५०% मानिसले छोरा जन्माउने आशमा छोरी लाई जन्म नदिने भनि गर्भपतन गराउने । महिलालाई विभिन्न किसीमका गर्भ निरोधक औषधी सेवन गर्न लगाउने नेपालजस्तो पुरुषप्रधान समाजमा महिला हिंसा र लैंगिक विभेदको कुरालाई ऐनामा जस्तै प्रस्ट देख्न सकीन्छ ।

हुन त म पनि एक महिला तर पनि भाग्यवश आजसम्म कुनै पनि प्रकारको लैंगिक विभेद र महिला हिंसा सहनु परेको छैन तथापी हाम्रो देशमा विद्यमान रहेका यी यस्तै हिंसात्मक कुराहरू भने मैले दैनिक जीवन सुनीरहेकै हुन्छु ‘ यी यस्ता खबरहरुले भने मेरो मनलाई विचलीत एवम् दुखी बनाइरहेको हुन्छ ।

यस्ता किसीमका हिंसा विभेद अनाथ गर्नको लागी भने हामी महिलाहरू पनि अगाडि बढनुपर्ने, हिंसाहरुलाई नलुकाई प्रष्ट रूपमा प्रस्तुत गर्न सक्ने क्षमता भने आउन जरुरी छ ।

नेपालजस्तो पुरुष प्रधान समाजले लैंगिक रूपमा गल्ती पुरुष र महिला दुवैको भएतापनि महिला लाई नै बढी दोष देखाउने, सामाजीक रुपमा गिराउने प्रवृति अन्त्य गर्न, महिलाहरू पनि शिक्षीत, निर्णयात्मक भुमीका निर्वाह गर्न सक्ने क्षमतावान हुन जरूरी छ ।

महिला हिंसा न्यूनीकरण गर्न सरकारले विभिन्न किसीमका महिला आयोग संवैधानिक व्यवस्था हरुमा विशेष जोड दिइएतापनि सोचेअनुरूप कार्य भने हुन सकिरहेको छैन ।

महिला हिंसा र कानुन कार्यान्वयनमा रहेको चुनौतीहरु

  • लैगिंक हिंसा, महिला हिंसा नियन्त्रण गर्ने सन्दर्भमा नेपालको संविधान २०७२ धारा १८ को उपधारा ४ मा समान कामका लागी लैंगिक आधारमा पारीश्रमीक तथा सामाजीक सुरक्षामा कुनै भेदभाव गरीने छैन ।” भनिएतापनि अझै पनि महिला र पुरुषको समान कामको पारीश्रमीक फरक-फरक वितरण गरेको देख्न सकिन्छ । जस्तै फुटबल क्रिकेटमा महिला खेलाडी र पुरुष खेलाडीलाई दिइने सम्मान पुरस्कार फरक छ ।
  • “पैतृक सम्पतीमा लैंगिक भेदभाव बिना सबै सन्तानको समान हक हुनेछ ।” भनिएता पनि महिलालाई अझै पनि ६०% ठाउँमा पैतृक सम्पतीको भागिदार बनाइदैन ।
  • संविधानको धारा ३८ मा महिला को हक सम्बन्धि विविध कुराहरू उल्लेख गरीएको भएतापनि ४०% कुरा लेखाइमा मात्र सिमित छ ।

यस्तै विभेद कै कारणले दिन-प्रतिदिन महिला हिंसा बढिरहेको परिप्रेक्ष्यमा अब हामी जस्ता २३ औ शताब्दीका महिलाहरुले यस सम्बन्धमा आवाज उठाउनु जरूरी छ ।

२०८० जेठ १० / अन्जु भण्डारी 

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img

ताजा प्रकासित

सम्बन्धित समाचार

norefer