spot_img
spot_img

ईन्जिनियरिङ लाइसेन्स परीक्षा ; ७१ प्रतिशत फेल

- Advertisement -

१४ चैत, काठमाडौं – केही दिन अघि मात्र सम्पन्न  भएको इन्जिनियरिङ लाइसेन्स परीक्षामा ७१ प्रतिशत परीक्षार्थी फेल भएका छन् । नेपाल इन्जिनियरिङ परिषदले यस वर्ष चैत दोस्रो साता पहिलो पटक इन्जिनियरिङ व्यवसाय दर्ताका लागि लाइन्सेन्स परीक्षा लिएको थियो ।

लाइसेन्सका लागि २ हजार ६ जनाले आवेदन फारम भरेका थिए । तर परीक्षामा सहभागीहरुको संख्या भने १ हजार ९८१ थियो । तीमध्ये ५६५ जनामात्र पास भएका छन् । ११ जनाको परीक्षा रद्द गरिएको छ । यसअनुसार २८.५ प्रतिशत मात्र परीक्षार्थी पास र ७१.५ प्रतिशत परीक्षार्थी फेल भएका छन् ।

इन्जिनियर उत्तीर्ण गरेकाहरुले इन्जियरिङ व्यवसायका लागि काउन्सिलमा दर्ता हुनुपर्ने व्यवस्था छ । यसअघि परिषदले शैक्षिक प्रमाणपत्रको आधारमा दर्ता नम्बर उपलब्ध गराउँथ्यो । त्यसबाट गुणस्तरमा प्रश्न उठेपछि परिषदले परीक्षामा पास भएकाहरुलाई मात्र लाइन्सेन्स दिन थालेको हो ।

नेपाल इन्जिनियरिङ परिषदका रजिष्ट्रार तथा सदस्य सचिव शिवमंगल गिरीका अनुसार लाइन्सेन्स परीक्षामा इन्जिनियरिङ क्षेत्रका २२ वटा विधामा २००६ जना सहभागी भएका थिए । लाइन्सेन्स परीक्षामा अनुत्तिर्ण भएकाहरुले नेपालभर काम गर्न नपाउने गिरीले बताए । तर विगतमा प्रमाणपत्र लिइसकेकाहरुले भने लाइन्सेन्सको लागि पुनः परीक्षा दिनुपर्दैन ।

नेपालमा इन्जिनियरिङ विषय पढाइ हुने ५० भन्दा बढी कलेजहरुबाट बर्सेनि आठ हजार विद्यार्थीले उच्च शिक्षा हासिल गर्दछन् । त्यस अतिरिक्त भारतलगायत देशबाट पनि उच्च शिक्षा लिनेहरु छन् । परिषद्का अनुसार अहिलेसम्म शैक्षिक प्रमाणपत्रको आधारमा ७७ हजारले लाइसेन्स लिइसकेका छन् ।

हेर्नुहोस् लाइन्सेन्स परीक्षाको नतिजा–

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img

ताजा प्रकासित

सम्बन्धित समाचार

norefer