spot_img
spot_img

कावासोती नगरपालिकाको ताला अझै खुलेन

- Advertisement -

नवलपुर-कावासोती नगरपालिकाभित्र माध्यमिक तहसम्म निःशुल्क शिक्षाको माग राख्दै कांग्रेस निकट नेविसंघले नगरपालिका कार्यालयमा लगाएको ताला आज पाँचौ दिनसम्म पनि खुल्न सकेको छैन ।

मेयरको कार्यकक्षमा लगाइएको ताला नखुल्दा दैनिक काम प्रभावित भएको छ ।शैक्षिक सुधारका लागि पटक–पटक ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराउँदा समेत नगरपालिकाले चासो नदिएपछि कावासोती नगर प्रमुखको कार्यकक्ष र शिक्षा शाखामा गत शुक्रबार तालाबन्दी गरेको नेविसंघका जिल्ला अध्यक्ष हरि सुवेदीको भनाइ छ । त्यसअघि उनीहरुले नगरपालिकामा धर्ना समेत दिएका थिए ।

निःशुल्क शिक्षा, संस्थागत विद्यालयमा बर्सेनि भर्ना र अतिरिक्त शुल्क वृद्धि गर्न नपाइने, संस्थागत विद्यालयमा बर्सेनि पाठयपुस्तक परिवर्तन गरेर नगरपालिकाले कमिसन खाने परिपाटीको अन्त्य हुनुपर्ने र विद्यालयको शुल्क बन्द हुनुपर्ने लगायतका माग अघि सारेको अध्यक्ष हरि सुवेदी बताउँछन् । वार्तामा बस्नका लागि पटक पटक समय माग्दा पनि मेयरले बेवास्ता गरेको नेविसंघको आरोप छ ।

कावासोतीका मेयर विष्णप्रसाद भुसालले नगरपालिकाभित्र पूरै निस्शुल्क शिक्षा गर्न आर्थिक रुपले थेग्न नसकिने भएकाले तत्काल पूर्ति गर्न नसकिने बताए ।

rss

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img

ताजा प्रकासित

सम्बन्धित समाचार

norefer