spot_img
spot_img

नक्कली भुटानी शरणार्थी प्रकरण: बुधबार मुद्दा दायर हुने

- Advertisement -

काठमाडौँ -बुधबारसम्ममा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन धन्दामा संलग्नत आरोपीविरुद्ध  अदालतमा मुद्दा दायर गर्ने तयारी भएको छ ।

प्रहरीले बुधबारसम्ममा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गर्ने तयारी भएको जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले जानकारी दिए ।

अब प्रहरीले अनुसन्धान गरेर बुझाएको प्रतिवेदनको विश्लेषण, प्रमाणका आधारमा सरकारी वकिलको कार्यालय अघि बढ्ने उनको भनाइ छ । ‘नक्कली भुटानी शरणार्थी प्रकरण प्रहरीले अनुसन्धान सकेर मुद्दा हामीसँग आएको छ । प्रहरी अनुसन्धानमा के देखियो,आधार प्रमाणहरु के हुन् । को–को विरुद्ध मुद्दा चल्ने वा नचल्ने अवस्था हो । कस्तो अपराध हो । कति कसुर वा बिगोको माग दाबी कति हो भन्ने पछिका कुरा हुन् ।

हामी सुरुवातमा मुद्दाको अनुसन्धानको विश्लेषण गर्छौं । आधार प्रमाणहरु हेर्छौं’, उनले सञ्चारकर्मीहरुसँग भने, ‘यो आधारमा हामी निर्णय गर्छौं । ‘अदालतमा मुद्दा लाने समय १० गतेसम्म रहेकाले त्यही समयमा प्रतिवेदन हेरेर लैजान्छौं । पक्राउ परेकाहरुलाई ठगि र संगठित अपराध र राज्य विरुद्धको अपराधको मुद्दा लाग्ने सम्भावना रहेको छ ,’ उनले भने ।

’उनले क–कसलाई के-के मुद्दा लगाउने भन्ने विषयमा सरकारी वकिल कार्यालयले अनुसन्धान प्रतिवेदन अध्ययन गरेर मात्रै अन्तिम निर्णय गर्ने बताए ।

रसास

 

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img

ताजा प्रकासित

सम्बन्धित समाचार

norefer