spot_img
spot_img

वर्षाको कारण खेल रद्द, नेपाल सेमिफाइनलमा

- Advertisement -

काठमाडौँ  नेपाल र साउदी अरेबियाबीच एसीसी प्रिमियर कप क्रिकेटमा सोमबार हुने खेल वर्षाका कारण रद्द भएको छ । मूलपानी क्रिकेट मैदानमा नेपालले खेल्न लागेको पहिलो अन्तर्राष्ट्रिय खेल निरन्तर वर्षाका कारण रद्द भएपछि नेपाल सेमिफाइनल पुगेको छ ।

अघिल्लो दिनको साँझ वर्षाका कारण मैदान भिजेको कारण दुई घन्टा ढिलो खेल सुरु हुने तय गरिएको थियो । बिहान ११ बजे देखि पुनः वर्षा भएपछि खेल रद्द हुन पुगेको थियो । दिउँसो १२.३० बजे दुवै टोलीका खेलाडीले हात मिलाउँदै अंक बाँडेका थिए ।

मूलपानीमा दिनभरी नै वर्षा हुने मौसम पूर्वानुमान छ । बिहान मूलपानी आएपछि नेपाल र साउदी अरेबियाका दुवै खेलाडीले मैदान निरीक्षण गरेका थिए । वर्षा पुनः सुरु भएपछि दुवै टोली पेभेलियन भित्र बसेका थिए ।

दिउँसो २.१५ बजेपछि पनि खेल हुने सम्भावना नरहेमा खेल नहुने आधिकारिक घोषणा गरिने समय राखिएको थियो । खेल हुने कुनै सम्भावना नै नरहेपछि म्याच रेफ्री सिंगापुरका सारिका प्रसादले त्यसको झन्डै २ घन्टा अघि नै खेल रद्द भएको घोषणा गरेका थिए ।

दुई ठूला प्रतिद्वन्द्वी मलेसिया र ओमानमाथि विजय हात पारेको नेपाल सोमबारको नतिजापछि समूह ‘ए’ मा ५ अंक पुगेको छ । साउदी र ओमानबीचको लिगको अन्तिम खेल क्वार्टरफाइनल सरह हुने भएको छ र जो जितेमा उही सेमिफाइनल पुग्ने छ । साउदीको ३ अंक र ओमानको ४ अंक छ ।

साउदीले पछिल्लो खेलमा कतारलाई ७ विकेटले स्तब्ध पारेको थियो । नेपालसँग पराजित ओमानले कतार र मलेसियालाई पराजित गरेको थियो । नेपालले अन्तिम खेल कतारसँग खेल्ने छ र यो खेल जितेमा समूह विजेता भएर सेमिफाइनल पुग्ने छ ।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हङकङ र बहराइन बीचको खेल पनि वर्षाका कारण हुन सकेको छैन ।

RSS

एसीसी प्रिमियर कप क्रिकेट (acc premier cup cricket)
एसीसी प्रिमियर कप क्रिकेट (acc premier cup cricket)
एसीसी प्रिमियर कप क्रिकेट (acc premier cup cricket)
एसीसी प्रिमियर कप क्रिकेट (acc premier cup cricket)

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img

ताजा प्रकासित

सम्बन्धित समाचार

norefer