spot_img
spot_img

रसिद खानको रेकर्ड तोड्दै सन्दीप बने ओडिआई मा छिटो सय विकेट लिने खेलाडी

- Advertisement -

अफगानी क्रिकेटर रसिद खानको रेकर्ड भंग गर्दै नेपालका लेग स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम म्याचमा सय विकेट लिने कीर्तिमान बनाएका छन्। ····स्प्रश मिडिया ·····

उनले ४२ खेलमा १०० विकेट लिँदै सो कीर्तिमान बनाएका हुन्। यसअघि यो कीर्तिमान अफगानिस्तानका रसिद खानको नाममा थियो। उनले ४४ खेलमा सय विकेट लिएका थिए।

यस्तै अष्ट्रेलियाका मिचेल स्टार्क ५२ र पाकिस्तानका सकलेन मुस्ताकले ५३ खेलमा सय विकेट पुर्‍याएका थिए।

शुक्रबार एसिसी मेन्स प्रिमियर क्रिकेट कप अन्तर्गत ओमानविरूद्धको खेलमा विकेट लिँदै लामिछानले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा सय विकेट पुर्‍याएका हुन्। उनले १२.३ ओभरमा ओमानका सफिकको विकेट लिएका हुन्।

Sandip Lamichhane record
Sandip Lamichhane record

लामिछाने पहिलो पटक सन् २०१८ मा नेदरल्यान्ड्सविरूद्धको खेलमा एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका थिए। डेब्यूमै उनले एक विकेट लिएका थिए।

रासस नेपाल ····स्प्रश मिडिया ·····

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img

ताजा प्रकासित

सम्बन्धित समाचार

norefer