spot_img
spot_img

आजकै दिन आइंन्स्टाइनको मृत्यु

- Advertisement -

सन् १९५५ मा आजकै दिन (अप्रिल १८) मा महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको मृत्यु भएको थियो । उनको अमेरिकी राज्य न्यु जर्सीको प्रिन्स्टनमा निधन भएको थियो ।

Albert Einstein

 

जर्मनीमा १८७९ मार्च १४ मा जन्मिएका आइन्स्टाइनले प्रतिपादन गरेकामध्ये ‘सापेक्षताको सिद्धान्त’ र ‘क्वान्टम मेकानिक्स’ आधुनिक भौतिकशास्त्रका महत्त्वपूर्ण सिद्धान्त हुन् । उनले ‘सापेक्षताको सिद्धान्त’ अन्तर्गत विशेष र सामान्य गरी दुई सापेक्षता हुने पत्ता लगाएका हुन् ।

सामान्य सापेक्षता मुख्यतः गुरुत्व हो जुन ठूला पिण्डहरूबीच हुन्छ । विशिष्ट सापेक्षताले पदार्थको समय र अन्तरिक्षको प्रकृतिको व्याख्या गर्दछ । सापेक्षतावादको सिद्धान्त खोज्ने क्रममा उनले प्रकाशको गतिसमेत पत्ता लगाएका हुन् ।

आइन्स्टाइनले १९२१ को भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त गरे । उनले यो पुरस्कार फोटो इलेक्ट्रिक प्रभावसम्बन्धी खोजका लागि प्राप्त गरेका थिए । आइन्स्टाइनले पुरस्कार रकम (३२ हजार २५० डलर) सम्बन्धविच्छेद भइसकेकी श्रीमतीलाई दिएका थिए ।

अन्याय, अत्याचार र युद्धविरोधी आइन्स्टाइनले पहिलो विश्वयुद्ध सुरु भएसँगै लिग अफ नेसन्सको माग गर्दै गरिएको युरोपको घोषणामा हस्ताक्षर गर्नुका साथै लिग अफ युरोपका लागि अपिल गरेका थिए । यहुदी भएकै कारण १९३३ मा जर्मनीमा हिटलर शासनले टाउको काटेर ल्याउनेलाई २० हजार जर्मन मार्क दिने घोषणा गरेपछि उनले देश त्यागेका थिए ।

आइन्स्टाइनले १९४५ मा जापानमाथि गरिएको परमाणु आक्रमण गरेर लाखौंको ज्यान लिने अमेरिकी कदमको पनि उनले चर्को विरोध गरेका थिए ।

रासस

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img

ताजा प्रकासित

सम्बन्धित समाचार

norefer