spot_img
spot_img

बोकालाई संगिनी सुई लगाइदिए पछि … !

- Advertisement -

१४ चैत, गुल्मी —  गुल्मीको धुर्कोट गाउँपालिकामा परिवार नियोजनको अस्थायी साधनको रुपमा महिलाले प्रयोग गर्ने तीन महिने स‌ंगिनी सुइ बोका, पाठामा लगाइएको पाइएको छ ।

अस्थायी साधनको रुपमा महिलाले प्रयोग गर्ने तीन महिने स‌ंगिनी सुइ बोका, पाठामा लगाइएको पाइएको छ ।

गाउँपालिकाको वडा नम्बर १ नयाँगाउँ र वडा नम्बर ७ वाग्लाका निजी क्षेत्रमा काम गर्ने पशु प्राविधिक तथा ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताहरूले बोको पाठालाई संगिनी सुइ लगाइदिएको पाइएको गाउँपालिकाले जनाएको छ । संगिनी सुइ एक हर्मोनल साधन हो । जसले महिलाको शरीरमा हुने हर्मोनलाई व्यवस्थित गरी गर्भ रहन दिँदैन ।

तर तौल बढ्ने विश्वासका साथ किसानहरुकै सहमतिमा पशु स्वास्थ्य कार्यकर्ताहरुले बोका पाठामा यस्तो तीन महिने सुइ लगाउने गरेको पाइएको स्थानीयहरु बताउँछन् ।

गाउँपालिकाले भने तीन महिने स‌ंगिनी सुइ हर्मोनल साधन भएकोले मानव शरीरमा दीर्घकालीन असर पर्न जाने भन्दै पशुमा यो सुइ प्रयोग नगर्न सूचना नै जारी गरेको छ ।

आगामी दिनमा यस्तो कार्य गर्ने गराउने गरेको पाइएमा कानुन बमोजि सजाय दिने भन्दै संगिनी सुइ लगाउन तत्काल रोक्न सूचना जारी गरेको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

सूचना हेर्नुहोस् :

धु
Dhurkot gulmi suchana sprasa media

 

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img

ताजा प्रकासित

सम्बन्धित समाचार

norefer