spot_img
spot_img

वीरेन्द्रमा टक्कर नेविसंघ र अनेरास्ववियुको, कसले मार्ला त बाजी ?

- Advertisement -

२ चैत्र चितवन — त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसको रूपमा रहेको चितवन भरतपुर स्थित वीरेन्द्र बहुमुखी क्याम्पसमा चैत्र ५ गते स्ववियु निर्वाचन हुने भएको छ ।

सोमबार सम्म सम्पूर्ण विद्यार्थी संगठनले उम्मेदवारी दर्ता गराइसकेका छन् । आहिले क्याम्पसमा चुनावी सरगर्मी बढेको छ । उमेद्वारहरु आ- आफ्नो एजेण्डाका साथ विद्यार्थीहरू लाई रुझाउन लागिपरेका छन्  तर विद्यालयमा असहमतिमा रहेका विध्यार्थी नेताद्वारा तालाबन्दी गर्ने क्रम पनि चल्दै छ ।

उमेद्वार धेरैले आफ्नो मनोनयन दर्ता गराएपछि फिर्ता लिने क्रम पनि चलिरहेको छ ।

यसै बीच तस्बिरमा देखिएका यी २ युवा विद्यार्थी नेता आफैमा मजबुती नेताका रूपमा परिचित छन् । यिनै दुवै विद्यार्थी नेता वीरेन्द्र बहुमुखी क्याम्पस सभापति पद हाँक्ने दाउँमा छन् । साथै अन्य उमेद्वारले पनि सभापती को लागि उमेदवारी दिएका छन् । तर पनि यी दुई युवा नेता बढी चर्चाको विषयमा छन् ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)बाट सभापति पदमा सुदिप पौडेल र नेपाल विद्यार्थी संघ बाट सफल गुरुङले सभापति पदमा उम्मेदवारी दिएका छन। यि दुइ मुख्य प्रतिस्पर्धी मा रहने छन् ।।

यी दुई विद्यार्थी नेता स्ववियु निर्वाचनबाट त्रिभुवन विश्विद्यालयको आंगिक क्याम्पस वीरेन्द्र बहुमुखी क्याम्पस सभापति पदमा आपसमा भिड्ने भएका हुन । राजनीतिमा बर्षौ पहिले देखी होमिएका यी २ विद्यार्थी नेता बिचको प्रतिस्पर्धा भने चानचुने हुने छैन ।


अनेरास्ववियुका सुदिप पौडेल आफैमा युवा नेता हुन । लामो समयदेखि राजनीतिमा होमिएर विद्यार्थीका हकहितका लागि आवाज उठाउँदै आएका छन् । उनी विद्यार्थी माझ राम्रो छवि बनाएका छन । विद्यार्थी मा बढी घुलमिल भएपनि उनको लागि जीत भने चुनौती पूर्ण भएको देखिन्छ । तर भने क्याम्पसमा अनेरास्ववियुका को गतिविधिको हकमा विजयी हुने सम्भावना पनि उत्तिकै देखिन्छ ।


यस्तै नेबिसंघका सभापतिकाका उम्मेद्धार सफल गुरुङ पनि बलियो उम्मेद्धार रहेका छन् । गुरुङ राजनीतिमा बर्षौ पहिले देखी आफ्नो छवि उच्च स्थानमा राख्दै आई रहेका नेता हुन । गुरुङ क्याम्पसमा विद्यार्थी माझ घुलमिल मा भर्खर मात्र आएका विद्यार्थी नेता हुन् ।

लामो समय देखि विद्यार्थीका लागि आवाज उठाउँदै राजनीतिक यात्रामा लागेका र विद्यार्थी हितमा बढी ओकलात गर्ने भएको हुँदा उनको जित निश्चित देखिन्छ । विद्यार्थीको मन जित्न सफल भएका गुरुङ कमजोर उम्मेद्धार पक्कै हैनन् ।


दुवैजना सभापतिका उम्मेद्धार प्रचार – प्रसारमा व्यापक तरिकाले लागिपरेका छन् । विभिन्न एजेण्डाका साथ विद्यार्थीहरुको घरदैलो तथा फोन सम्पर्क गरिरहेका छन् । पछिलो समय सामाजिक सञ्जालको प्रयोग बढी भए सँगै चुनावी प्रचार प्रसार पनि सामाजिक सञ्जाल बाटै गरिरहेका छन् ।

निर्वाचन  विवरण हेर्नुहोस :

प्रतक्ष उमेदवार को नामवली 

समानुपातिक उम्मेदवार को नामावली 

 

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img

ताजा प्रकासित

सम्बन्धित समाचार

norefer