spot_img
spot_img

ई-सिम विकल्पमा पर्ने अवस्था, आई-सिमले ठाउँ ओगट्दै

- Advertisement -

काठमाडौं । भौतिक सिमको आवश्यकतालाई कम गर्ने उपयुक्त विकल्प हो, ई-सिम । एउटा देशबाट अर्को देशमा यात्रा गर्दा भौतिक सिम फेर्नुपर्ने झन्झटलाई ई-सिमले कम गरेको छ । यसमा आफू जुन देश जान लागेको हो, त्यही देशको दूरसञ्चार प्रदायकले उपलब्ध गराउने ई-सिम प्रोफाइल एक्टिभेट गर्न सकिन्छ ।

E-SIM,I-SIM

तर, यो सुविधालाई थप सहज र सुरक्षित बनाउन क्वालकमले आई-सिम सुविधा ल्याउने भएको छ । आई-सिम त्यस्तो सिम सुविधा हो, जसलाई सोझै डिभाइसको प्रोसेसरमा इन्ट्रिगेट गर्न सकिन्छ । यसका लागि छुट्‍टै सिम वा चिप राख्नुपर्ने बाध्यता हुँदैन ।

यसले भौतिक सिमको जस्तै काम गर्ने भएपनि ई-सिमभन्दा केही विशेष छ । भौतिक सिम र ई-सिम चिपको तुलनामा निकै नै सानो हुने आई-सिमले १ वर्ग मिलिमिटर क्षेत्र ओगट्छ ।

क्वालकमका अनुसार यो सिम इन्ट्रिगेट गर्न स्मार्टफोन कम्पनीलाई कम खर्च लाग्छ भने यसको कार्यक्षमता पनि ई-सिमको तुलनामा धेरै हुन्छ ।

यो सिम इन्ट्रिगेट गर्दा फोनमा केही स्पेस बाँकी रहन्छ । उक्त स्पेसलाई घटाएर फोन केही सानो बनाउन वा सो ठाउँमा अन्य केही डिभाइस एड गर्नसक्ने हुन्छ । ई-सिमको तुलनामा आई-सिमले कम पावर खपत गर्छ ।

चिप निर्माता कम्पनी क्वाल्कमले मोबाइल डिभाइस सेक्युरिटी कम्पनी थेलससँग सहकार्य गरेको यो प्रविधिको विकास गर्न लागेको हो । कम्पनीले ल्याउन लागेको आई-सिममा ई-सिममा जस्तै पछिल्लो पुस्ताको हाइ-स्ट्यान्डर्ड सेक्युरिटी प्रोटेक्सन हुने बताइएको छ ।

क्वालकमले सन् २०२७ सम्म ३० करोड बढी डिभाइसमा आई-सिम वितरण गर्ने अपेक्षा गरेको छ । यसका लागि कम्पनीले स्न्यापड्रागन ८ जेन टु प्रोसेसर भएका डिभाइसमा आई-सिम सपोर्ट गर्ने बताएको छ ।

तर, यो प्रोसेसर भएको ग्यालेक्सी एस २३ सिरिजमा आई-सिम सपोर्ट हुने/नहुने कम्पनीले पुष्टि गरेको छैन । आई-सिम सपोर्ट हुने विशेषता मिड-रेन्ज, हाइ-इन्ड स्मार्टफोन तथा वेयरएबलमा उपलब्ध हुने बताइएको छ ।

रासस

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img

ताजा प्रकासित

सम्बन्धित समाचार

norefer