spot_img
spot_img

बागलुङ को जैमिनिमा पिकअप दुर्घटना

- Advertisement -

१९ फाल्गुन — बागलुङको बिनामारेमा पीकअप गाडी दुर्घटना भएको छ । बागलुङ बजारबाट बिनामारे जाँदै गरेको ग १ ज ७४६९ नम्बरको पीकअप गाडी दुर्घटना भएको हो ।

शुक्रबार साँझ जैमिनी नगरपालिका ५ बिनामारेको चितेपानी भन्ने स्थानमा गाडी पछाडि हटेर सडकबाट तल खसेको कुश्मिसेरा प्रहरी चौकीका प्रमुख मिन केसीले जानकारी दिनुभयो । उकालो चढ्दै गरेको गाडी ब्रेक फेल भएर पछाडि हटेपछि सडकबाट करिव २ मिटर तल झरेपछि रुखमा अडिकएको उहाँको भनाई छ ।

 

पीकअपमा चालक सहित ५ जना रहेको र उनीहरुको कुश्मिसेरा प्रहरी चौकीको टोली र स्थानीयहरुले उद्दार गरेका छन् । रुखमा अड्किएको पीकअप खसेको ठाउँमा ठुलै भिर रहेको छ । सडकबाट तल खस्नासाथ गाडी रुखमा अड्किएकाले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

 

गाडी उकालो बाटो चढिरहँदा एक्कासी ब्रेक फेल भएर पछि हटेको चालक तर्क बहादुर विकले बताउनुभयो । रुखमा नअडिएको भए गाडी भिरमा गएर क्षति हुनसक्ने उहाँको भनाई छ ।

 

गाडीलाई स्काभेटर बोलाएर निकाल्ने तयारी भैरहेको प्रहरी प्रमुख केसीले बताउनुभयो ।

RSS

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img

ताजा प्रकासित

सम्बन्धित समाचार

norefer