spot_img
spot_img

अनलाइन खबरबाट आधिकारिक फेसबुक पेजमै आपत्तिजनक सामग्री शेयर , माग्यो माफी

- Advertisement -

आधिकारिक फेसबुक पेजबाट आपत्तिजनक पोस्ट र फोटोहरू शेयर भएपछि अनलाइन खबरले माफी मागेको छ । बिहीबार ‘अभिनेत्री स्वस्तिमा खड्काको हट फुटेज’ भन्दै अनलाइन खबरको आधिकारिक पेजबाटै आपत्तिजनक शीर्षक राखी मालवेयर लाेड गरिएकाे थियो ।

 

यसपछि एक सूचना निकाल्दै अनलाइन खबरले आफ्नो आधिकारिक पेजबाट पोस्ट भएको सामग्रीप्रति माफी मागेको छ । साथै थर्ड पार्टी एक्सेस र त्यसमार्फत भएका पोस्टहरू हटाइसकिएको पनि उल्लेख गरेको छ ।

यसैबीच कलाकार स्वस्तिमाका श्रीमान् एवं चलचित्र निर्देशक निश्चल बस्नेतले फेसबुकमार्फत अनलाइन खबरलाई गाली गरेका छन् । ‘थुइक्क अनलाइन खबर’ भनेर लेखिएकाे उनकाे पोस्टमा धेरैले प्रतिक्रिया जनाएका छन् ।

अनलाइन खबर बाट राखिएको मालवेयर पोस्ट 

उक्त पोस्टको कमेन्टबक्समा कतिले उनलाई आवेशमा नआउन अनुरोध गरेका छन् भने कतिले अनलाइन खबरलाई कानूनी कारबाही गर्नुपर्ने लेखेका छन् । त्यस्तै कतिले भने ‘के भएको हो’ भनेर प्रश्न गरेका छन् ।

माफी मागेको पोस्ट लिंक

https://m.facebook.com/story.php?story_fbid=pfbid07qyoVSyNg2YsJTb67vSht73Cs14Ycftmq2AE7zJL8Zop4Y1FLYarMciDvfNhTyR7l&id=100064730554793&mibextid=Nif5oz

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img

ताजा प्रकासित

सम्बन्धित समाचार

norefer