spot_img
spot_img

भरतपुर युटेक कलेज मा युनाइटेड टेक फ्युजन कार्यक्रम भब्य रुपमा सम्पन्न

- Advertisement -

भरतपुर चितवनमा युनाइटेड टेक्निकल कलेज भरतपुर सँगको सहकार्यमा युनाइटेड टेक क्लबले आयोजना गरेको ‘युनाइटेड टेक फ्युजन २०८०’ कार्यक्रम बिहीबार सम्पन्न भएको छ । सूचना प्रविधि र इन्जिनियरिङका विभिन्न विधामा २१ वटा परियोजनाहरु प्रस्तुत गरिएको सो कार्यक्रममा देशैभरका १० वटा कलेजका विद्यार्थीहरुको सहभागिता रहेको छ ।

रोबोटबाटै फुटबल खेलाउने  ‘युनाइटेड टेक फ्युजन २०८०’ कार्यक्रमको प्रमुख आकर्षण बन्यो । चितवन मा नै पहिलो पटक रोवो फुटबल प्रतियोगिता भएको आयोजक को ठहर छ । रोबोर्टबाटै खेलाइएको फुटबल प्रतियोगितामा आठवटा टिम सहभागी थिए । प्रतियोगितामा काठमाडौँको क्याथफोर्ड कलेजको बोटमाइन ग्रुप ए प्रथम र यही कलेजको ग्रुप बी द्वितीय भएको छ । उनीहरुले क्रमशः २० हजार र १० हजार रूपैयाँ पुरस्कार पाएका छन् भने तृतीय स्थान आयोजक ले नै हात परेको थियो ।

यस्तै, कार्यक्रमको दोस्रो आकर्षण साइबर सुरक्षामा ध्यान दिने उद्देश्यले गरिएको ‘क्याप्च दी फ्ल्याग’ बन्यो । नौवटा कलेजका विद्यार्थीहरु सहभागी भएको सो प्रदर्शनीमा सहभागीहरुले आफ्नो कम्प्युटरमा रहेको सफ्टवेयरमा रहेको झन्डाजस्तो बल नियन्त्रण गर्नु नै थियो । यसमा जतिसक्दो धेरै बल नियन्त्रणमा लिन सक्नेले नै अन्ततोगत्वा आफ्नो साइबर सुरक्षामा बढी सचेत रहन सक्ने बताइएको छ ।

कलेजका कम्प्युटर तथा इलेक्ट्रिकल शिक्षा विभागका प्रमुख विकल बरालले विद्यार्थीहरुले सूचना र प्रविधिका क्षेत्रमा गरिरहेको अध्ययनमा नयाँ–नयाँ सीप सिकाइ हुने भएकाले प्रदर्शनी आयोजना गरिएको बताए ।

कार्यक्रममा कलेजका व्यवस्थापक विनोद ढकालले विद्यार्थीहरुलाई प्रविधि सँग सम्बन्धित सबै विधा मा कलेजले विद्यार्थीको साथ र समर्थन साथै प्रोत्साहन गर्ने र गर्दै आएको र  विद्यार्थीहरुले सिकेका सीपलाई व्यवहारमा लागू गर्न यस्ता कार्यक्रम प्रभावकारी बन्ने बताउनुभयो ।

कार्यक्रमको उदघाटन भने भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले  गरेका थिए ।


फोटो फिचर :

रोवो फुटबल : 


Project Demonstration :


Capture The Flag


थप:

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img

ताजा प्रकासित

सम्बन्धित समाचार

norefer