spot_img
spot_img

बाबुको निधनमा काजक्रिया गर्दै छोरी

- Advertisement -

बागलुङ– नेपाली संस्कारमा बाबुआमाको काजक्रिया छोराले गर्ने चलन छ । तर जैमिनीकी एक युवतीले आफ्नो बाबुको क्रिया बस्नुभएको छ ।

जैमिनी नगरपालिका वडा नं.९ पैयुँथन्थापकी २४ बर्षिय सिर्जना पौडेलले बाबु हरिप्रसाद पाध्याको काजक्रिया बस्नुभएको हो ।

७६ बर्षिय पाध्याको मंसिर ५ गते निधन भएको थियो । उनी ७ बर्षदेखि निमोनियाको रोगी थिए ।
८ बैनी मध्येकी सिर्जना कान्छी हुन् । ७ दिदीहरुको बिहे भैसकेको थियो । अविवाहित सिर्जनाले छोराले बस्ने जस्तै क्रिया बसेकी छिन् । दैनिक काम पनि उहाँले गर्नुभएको छ । ‘धेरैले छोरीले क्रिया बस्न हुँदैन पनि भने, कोही आएर हतोत्साही बनाउन पनि खोजे, तर मैले आँफैले आँट गरेकी हुँ’ उहाँले भन्नुभयो , ‘छोरीले पनि क्रिया गर्न हुन्छ भन्ने कुरा स्थापित गर्न सकेका छौं ।’ शुरु दिनमा हुँदैन भन्नेहरुले पनि ठिकै भयो भन्न थालेको उहाँले बतानुभयो ।

छोरा नभएकोले बाबु हरिप्रसादले यसअघि पनि आँफू मरेपछि कान्छीले काजक्रिया गरिदिनु भनेको सिर्जनाले स्मरण गर्नुभयो । उहाँले बुबाआमाको इच्छा भएकोले काजक्रिया गरेको बताउनुभयो । बाबुको निधनमा विक्षिप्त भएकी आमालाई सम्झाउने र भेट्न आउने पाहुनालाई व्यवस्थापन गर्ने काम उहाँले गर्नुभएको छ । उहाँको साहस र तत्परता देखेर जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा घरमै पुगेर सान्त्वना समेत दिनुभयो ।

स्नातक उत्तिर्ण सिर्जना सामाजिक रुपमा छोराछोरी समान भएकोले अन्यलाइ पनि सिकाइ हुने बताउनुभयो । उहाँको साहसलाई सामाजिक अगुवाले राम्रो मानेका छन् । ‘छोरा नभए काजक्रिया नै हुँदेन भन्नेहरुका लागि यो महत्वपूर्ण अबसर बनेको छ’ शर्माले भन्नुभयो, ‘यो घटनाले सबैलाई सिकाइ समेत भयो ।’ सिर्जनालाई पोखराबाट आएका भिनाजु नवराज दाहालसहित अन्य दिदीहरुले पनि सहयोग गरेका छन् । ८ दिदीबैनीमा बिदेश भएका दुइ जनाबाहेक ६ जना जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img

ताजा प्रकासित

सम्बन्धित समाचार

norefer