spot_img
spot_img

फिफा महिला विश्वकपको सेमिफाइनलमा स्पेन को खाता खुल्यो

- Advertisement -

स्पेन, साविक उपविजेता नेदरल्यान्ड्सलाई पराजित गर्दै स्पेन फिफा महिला विश्वकप २०२३ को सेमिफाइनलमा पुगेको छ।

शुक्रबार भएको पहिलो क्वार्टरफाइनलको खेलमा स्पेनले नेदरल्यान्ड्समाथि २-१ गोलको जित निकालेको हो।

खेलको ८१ मिनेटमा स्पनेले ओलिभरको पेनाल्टी गोलबाट अग्रता लियो।

तर नेदरल्यान्ड्सका लागि इन्जुरी टाइमको पहिलो मिनेटमा भान डेर बराबरी गोल फर्काइन्।

त्यसपछि एक्स्ट्रा समयम धकेलिएको खेलमा स्पेनकी पारालुइलोले १११ मिनेटमा गोल गर्न सफल भइन्।

१९ वर्षीया विंगर पारालुइलोले बेन्चबाट आएर विजयी गोल गरेपछि स्पेन पहिलो पटक महिला विश्वकपको सेमिफाइनलमा पुगको हो।

२०१९ मा उपविजेता भएको नेदरल्यान्ड्सले फाइनलमा अमेरिकासँग पराजित भएको थियो।

स्पेनले अन्तिम चारमा जापान वा स्विडेनसँग खेल्नेछ। जापान र स्विडेनबीचको खेल आजै हुँदैछ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img

ताजा प्रकासित

सम्बन्धित समाचार

norefer