spot_img
spot_img

आफूविरुद्ध लगाइएका मुद्दाप्रति ट्रम्पको आक्रोश

- Advertisement -

अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले आफूविरुद्ध लगाइएका मुद्दा र आरोपप्रति आक्रोश व्यक्त गरेका छन् । वासिङ्टन डीसी अदालतमा सुनुवाइका लागि हाजिर हुने क्रममा उनले आफूविरुद्धका आरोपहरू आगामी वर्ष हुने चुनाव लक्षित रहेको बताए । 

उनले जो बाइडेन प्रशासनले नैतिक धरातल समेत गुमाइसकेको टिप्पणी गरे । न्युजर्सी गल्फ क्लवमा समर्थकहरूबीच बोल्दै उहाँले आफूप्रतिको बढ्दो विश्वासबाट विपक्षीहरू अहिल्यै अत्तालिएको जिकिर समेत गरे । आफूले न्युजर्सीमा अभूतपूर्व समर्थन पाएको भन्दै उनले आफ्ना विरोधीहरूलाई यसैगरी जवाफ दिँदै जाने उनको भनाइ छ ।

पूर्वराष्ट्रपति ट्रम्प विरुद्ध सन् २०२० को चुनावी परिणाम उल्ट्याउने कोसिस गरेकोलगायत थप चार वटा मुद्दा लगाइएको छ।उहाँलाई बिहीबार अदालतमा उपस्थित हुन भनिएको छ । 

रासस

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img

ताजा प्रकासित

सम्बन्धित समाचार

norefer