spot_img
spot_img

शंकर पोखरेलको टिप्पणी, “चितवनमा ‘ब्लू बस’ चलाएर रास्वपाले सस्तो राजनीति गर्न खोज्यो”

- Advertisement -

काठमाडौँ, नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन-२ मा महिलाका लागि नि:शुल्क ब्लु बस चलाएर सस्तो राजनीति गर्न खोजेको बताएका छन्।

बिहीबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै पोखरेलले यो कुराले हामी कता जान खोज्दैछौं भन्ने प्रश्न उब्जिएको उल्लेख गरेका छन्।
उनि लेख्छन :सार्वजनिक यातायात महिलाका लागि मात्र भनेर चितवनवाट दिन खोजिएको सन्देश दुनियाका धेरै मुलुकहरुमा महिलाहरु वन्द समाजमा जकडिएको बेलामा नेपाली समाजमा अपवाद वाहेक महिलाहरु सुरुदेखिनै तुलनात्मक हिसावले स्वतन्त्र थिए । उत्पादनको काममा परिवारका सदस्यहरुसंग मिलेर एकसाथ काम गर्दथे । जबकी अहिले युवाहरुको ठुलो संख्या रोजगारीका शिलशिलामा विदेशीएका वेला ठुलोसंख्यमा महिलाहरु परिवारको मुलीको रुपमा भूमिका निर्वाह गरिरहेका छन् ।

यस्तो अवस्थामा आफुलाई नयाँ शक्ति भन्नेहरुले कस्तो समाजको परिकल्पना गरेर महिलाका लागि मात्र भनेर सार्वजनिक यातायात संचालन गर्न खोजेको होलान ? जिज्ञासा उठ्नु स्वभाविक हो ।
नेपाली समाजमा यतिवेला रुपान्तरणकारी सोच र कार्यक्रमको आवश्यकता छ । चितवन महिला जागरण र जागृतिको थलो हो ।
पंचायतकालमा म विद्यार्थी राजनीतिका शिलशिलामा पहिलो पटक चितवन पुग्दा महिलाहरुले ठुलो संख्यामा साईकिल चलाएर स्कुल कलेज आएको देख्दा पुरुष र महिलाको बीचको सामाजिक विभेद अन्त्य गर्न सकिन्छ भन्ने विश्वासको आधार बलियो वनाउने मौका पाएको थिए ।
तर आज त्यही चितवनमा नयाँ भनिने पार्टीले महिलाका लागि मात्र भनेर सार्वजनिक यातायातको सुरुवात गरेको समाचार सुन्दा हामी कता जान खोज्दैछौ भन्ने प्रश्न जागृत भएको छ ।
नयाँ र वैकल्पिक शक्ति बनाउछौ भन्नेहरुले गर्न खोजेको काममा रुपान्तरणकारी सोच र योजना देखिनु पर्दछ । हरेक कामवाट भविष्यको सुन्दर दृष्य देखिनु पर्दछ ।
तर स्वतन्त्र पार्टीका अध्यक्षको अहिलेको कामले भोटको सस्तो राजनीति गर्न खोजेको देखियो । यस्तो कुरामा गम्भीर बनौ ।
चितवन जस्तो सचेत ठाउवाट नेपाली समाजको भविष्यको सकारात्मक चित्र कोर्ने र सन्देश दिने प्रयास गरौ ।

‘दुनियाँका धेरै मुलुकहरूमा महिलाहरू बन्द समाजमा जकडिएको बेलामा नेपाली समाजमा अपवादबाहेक महिलाहरू सुरूदेखि नै तुलनात्मक हिसाबले स्वतन्त्र थिए। उत्पादनको काममा परिवारका सदस्यहरूसँग मिलेर एकसाथ काम गर्दथे। जबकी अहिले युवाहरूको ठूलो संख्या रोजगारीका शिलशिलामा विदेशिएका बेला ठूलो संख्यामा महिलाहरू परिवारको मुलीको रूपमा भूमिका निर्वाह गरिरहेका छन्,’ उनले लेखेका छन्,‘यस्तो अवस्थामा आफूलाई नयाँ शक्ति भन्नेहरूले कस्तो समाजको परिकल्पना गरेर महिलाका लागिमात्र भनेर सार्वजनिक यातायात सञ्चालन गर्न खोजेको होलान्? जिज्ञासा उठ्नु स्वाभाविक हो।’

नेपाली समाजमा यतिबेला रूपान्तरणकारी सोच र कार्यक्रमको आवश्यकता र चितवन महिला जागरण र जागृतिको थलो भएको उनले उल्लेख गरेका छन्।

‘पञ्चायतकालमा म विद्यार्थी राजनीतिका शिलशिलामा पहिलो पटक चितवन पुग्दा महिलाहरूले ठूलो संख्यामा साइकल चलाएर स्कुल कलेज आएको देख्दा पुरूष र महिलाको बीचको सामाजिक विभेद अन्त्य गर्न सकिन्छ भन्ने विश्वासको आधार बलियो बनाउने मौका पाएको थिए,’ उनले लेखेका छन्,‘तर आज त्यही चितवनमा नयाँ भनिने पार्टीले महिलाका लागि मात्र भनेर सार्वजनिक यातायातको सुरूवात गरेको समाचार सुन्दा हामी कता जान खोज्दैछौं भन्ने प्रश्न जागृत भएको छ।’

नयाँ र वैकल्पिक शक्ति बनाउँछौं भन्नेहरूले गर्न खोजेको काममा रूपान्तरणकारी सोच र योजना देखिनु पर्ने पोखरेलले बताएका छन्।

‘तर स्वतन्त्र पार्टीका अध्यक्षको अहिलेको कामले भोटको सस्तो राजनीति गर्न खोजेको देखियो। यस्तो कुरामा गम्भीर बनौं,’ उनले लेखेका छन्,‘चितवनजस्तो सचेत ठाउँवाट नेपाली समाजको भविष्यको सकारात्मक चित्र कोर्ने र सन्देश दिने प्रयास गरौं।’

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img

ताजा प्रकासित

सम्बन्धित समाचार

norefer