spot_img
spot_img

रास्वपा द्वारा विदेशमा रहेका नेपालीलाई स्वदेशमै रोजगार दिने घोषणा

- Advertisement -

काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विदेशमा रहेका नेपालीलाई स्वदेशमै रोजगारको घोषणा गरेको छ । पार्टीका सभापति रवि लामिछानेले वैदेशिक रोजगारीमा रहेका तर स्वदेश फर्किन चाहनेका लागि एक सयभन्दा बढी रोजगारको घोषणा गरेका हुन् ।

उनका अनुसार विश्वका विभिन्न देशमा रहेका नेपालीले छनोट प्रक्रिया मार्फत स्वरोजगार बन्न सक्नेछन् ।

सभापति लामिछानेले विदेशी पत्रिका तथा चोकहरुमा विज्ञापन गरी इच्छुक नेपालीलाई फ्री टिकटमा फर्किन आग्रह गरेका छन् ।

उनले लेख्छन्: ‘यी विज्ञापनहरू विभिन्न देशका पत्रीका, अनलाइन र चोकका पसलहरूमा छापिएका छन् , छापिँदै छन्। चुनावमा आफूले बोले अनुसार फ्री टिकटमा नेपालमै फर्किन चाहनेका लागि १०० भन्दा बढी जागिरको व्यवस्था गरेका छौँ, त्यो पनि ‘बिना ढेउवा के’। अहिलेका लागि यी रोजगारी खोजिएको हो, छिट्टै रोजगारी सृजना गर्ने वातावरण बनाउने छौँ । मैले उपनिर्वाचनमा विजय हासिल गरेको, भोलि १०० दिन पूरा हुँदैछ। बोलेका थुप्रै काम (स्टन्ट) बारे भोलि दिनभरि विभिन्न कार्यक्रम मार्फत जानकारी दिँदैछु।’

सभापति लामिछानेले यसअघि निर्वाचनको समयमा फ्री टिकटको व्यवस्था गरी विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने प्रतिबद्धता गरेका थिए ।

  1. रबि लामीछाने

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img

ताजा प्रकासित

सम्बन्धित समाचार

norefer