spot_img
spot_img

डेङ्गु के हो ? फैलने कारण र रोकथामका उपाय

- Advertisement -

काठमाडौं, साउन १७ गते,

नेपालमा पाँच हजारभन्दा बढी मानिस डेङ्गुबाट सङ्क्रमित भएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सुनसरीमा मात्रै आधाभन्दा बढी सङ्क्रमित रहेका छन् ।

डेङ्गु

महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीका अनुसार गत माघयता पाँच हजार ६८८ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीमध्ये सुनसरीमा मात्रै तीन हजार ४८६ जनामा डेङ्गु को सङ्क्रमण देखिएको छ ।

मरासिनीले संक्रमण बढ्नुमा जनताको लापरबाही रहेको आरोप लगाए । केही दिनदेखि लगातार पानी परिरहेको छ र मानिसहरूले सरसफाइमा ध्यान दिएका छैनन्, जसले गर्दा डेङ्गु को फैलावट डरलाग्दो रूपमा बढेको छ।

https://np.sprasamedia.com/

एक साताअघिसम्म नेपालमा चार हजार ६१९ जनामा डेङ्गु को सङ्क्रमण देखिएकोमा एक सातामै यो सङ्ख्या बढेर पाँच हजार ६८८ पुगेको छ ।

डेङ्गु एडिस एजिप्टी र एडिस अल्बोपिक्टस प्रजातिको लामखुट्टेको टोकाइबाट सर्छ । तिनीहरूले सफा पानीमा अण्डा पार्छन्। अण्डा लार्भामा परिणत हुन्छ र लार्भा वयस्क लामखुट्टेमा परिणत हुन्छ। यस्तो लामखुट्टेको टोकाइ डरलाग्दो हुन्छ किनभने यसले डेङ्गुको संक्रमण गराउँछ । त्यसैले घरवरपरको खाल्डाखुल्डी हटाउनुपर्छ ।

१० जिल्ला बढी प्रभावित

सुनसरी, धादिङ, कास्की, दार्चुला, काठमाडौँ, संखुवासभा, म्याग्दी, मोरङ, कञ्चनपुर र झापा बढी प्रभावित छन् । सुनसरीमा मात्रै तीन हजार ४८६, काठमाडौँमा ९६ र झापामा ५६ जनामा सङ्क्रमण देखिएको छ ।

सबैभन्दा बढी कोशी प्रदेशमा तीन हजार ८२१ र सबैभन्दा कम मधेश प्रदेशमा २६ जनामा डेङ्गु देखिएको छ ।

नेपालमा गत माघ यता डेङ्गुका कारण चार जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img

ताजा प्रकासित

सम्बन्धित समाचार

norefer