spot_img
spot_img

विमानस्थलमा सुन तस्करी प्रकरणमा ६ जना पक्राउ

- Advertisement -

काठमाडौँ, सुन तस्करी प्रकरणमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार छलेर ल्याउँदै गरेको ठूलो परिमाणको सुन बुधबार बरामद गरेको थियो । विभागका अनुसार हङकङबाट ल्याइएको आशंकामा करिब ८० देखि १०० किलो सुन बरामद गरिएको हो ।

सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काका अनुसार विमानस्थल क्षेत्रबाट ट्याक्सीमा लैजाँदै गरेको ठूलो परिमाणको सुन विभागका अधिकारी र सशस्त्र प्रहरीको टोलीले बरामद गरेको हो ।

‘जफत गरिएको धातु आन्तरिक राजस्व विभागका अधिकारीको निगरानीमा कति तौल हुन्छ भनेर यकिन गर्न छिट्टै नेपाल राष्ट्र बैंकमा लगिनेछ,’ खड्काले बिहीबार बिहान द पोष्टसँग भने।

पक्राउ पर्नेमा ट्याक्सी चालक राजेन्द्र राई, रामकुमार भुजेल, दिलिप भुजेल, हर्कराज राई र एक भारतीय नागरिक थाप्तन छिरिङ रहेको एसएसपी खड्काले जानकारी दिए घटनाबारे थप अनुसन्धान भइरहेको खड्काले बताए ।

भन्सार अधिकृत रमेश चन्दले भन्सार क्लियरेन्स गरेका थिए भने कुमार ढकालले उक्त वस्तुको निरीक्षण गरेका थिए । भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काका अनुसार शंकास्पद सुनको निरीक्षण र निकासीमा संलग्न कर्मचारीलाई निलम्बन गर्ने प्रक्रिया सुरु गरिएको छ ।

यसैबीच, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट दुईपाङ्ग्रे सवारीसाधनको ‘ब्रेक शू’का रुपमा ठूलो परिमाणमा सुन चेकिङ र क्लियरिङमा संलग्न कर्मचारीलाई मंगलबार निलम्बन गर्ने तयारी भन्सार विभागले गरेको छ ।

rss

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img

ताजा प्रकासित

सम्बन्धित समाचार

norefer