spot_img
spot_img

गर्मी कम नभएपछी भरतपुरका विद्यालय थप ४ दिन बिदा

- Advertisement -

चितवन —चितवनको भरतपुर महानगरपालिकाले अजै थप ४ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

महानगरपालिकाले एक सातादेखि बढेको अत्याधिक गर्मीमा कमी नआएपछि विद्यालय थप ४ दिन बन्द गर्ने निर्णय गरेको हो ।

नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेलका अनुसार भोलिदेखि जेठ ३० गतेसम्म ४ दिन विद्यालयमा बिदा दिने निर्णय भएको जानकारी दिए ।

यसअघि महानगरले जेठ २१ देखि आज २६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । साउने वर्षे विदाबाट कटौती हुने गरि विद्यालयमा बिदा दिईएको उनले बताए । यस्तै महानगरले विदाको अवधिमा बालबालिकालाई दिउँसो घाममा हिँडडुल गर्न नदिन र नदी पोखरीहरुमा पौडी खेल्न, माछा मार्ने जस्ता कार्यमा संलग्न हुन नदिन आवश्यक सावधानी अपनाउन अभिभावकहरुलाई आग्रह समेत गरेको छ ।
रासस

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img

ताजा प्रकासित

सम्बन्धित समाचार

norefer