spot_img
spot_img

ओडिसामा यसरि भएको थियो भयानक रेल दुर्घटना

- Advertisement -

भारतको पूर्वी राज्य ओडिसामा शुक्रबार भएको रेल दुर्घटनामा परी मृत्यु हुनेको संख्या २७५ पुगेको छ। सयौं घाइतेहरू अझै अस्पतालमा रहेकाले मर्नेहरूको संख्या बढ्न सक्ने बताइएको छ।

शुक्रबार तीन वटा रेल ठोक्किएर ठूलो संख्यामा भएको मानवीय क्षतिप्रति विश्वभरका नेताहरूले दु:ख व्यक्त गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पनि सामाजिक सञ्जालमार्फत् घटनाप्रति दु:ख व्यक्त गरेका छन्।

मानवीय क्षतिका हिसाबले भारतमा यो शताब्दीकै अहिलेसम्मको ठूलो रेल दुर्घटना कसरी भयो भन्ने कारण खुलेको छैन।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार दुर्घटनास्थलको निरीक्षण गर्दै जोसुकै दोषी भए पनि कडा कारबाही गर्ने बताएका थिए। तर दुर्घटनामा को दोषी हुन् भन्ने एकिन हुन सकेको छैन।

बिबिसीका अनुसार आइतबार भारतीय रेलमन्त्री आश्विनी वैष्णवले दुर्घटनाको कारण र त्यसमा जिम्मेवार व्यक्ति पहिचान भएको बताएका छन्। तर उनले यसबारे विस्तृत जानकारी दिएका छैनन्।  स्थानीय समयअनुसार शुक्रबार साँझ सात बजे बालासोर स्टेशनमा दुई वटा रेल निर्धारित समयमै आइपुगेका थिए।

तर कलकत्ताबाट चेन्नई जान लागेको कोरोमान्डेल एक्सप्रेसको रेल अचानक मुख्य लाइन छोडेर लुप लाइनमा गयो। कोरोमान्डेलको गति त्यतिबेला ११० किलोमिटर/प्रतिघन्टाभन्दा बढी थियो।

लुप लाइनमा एउटा मालवाहक रेल रोकिएको थियो। तीव्र गतिमा आएको कोरोमान्डेल एक्सप्रेसको रेल मालवाहक रेलसँग ठोक्कियो। त्यसका सबै डिब्बाहरू लिकबाहिर निस्किए।

त्यही बेला यसवन्तपुरबाट हाउडा जान लागेको हाउडा सुपरफास्ट एक्सप्रेसको रेल आइपुग्यो। मेन लाइनमा विपरीत दिशाबाट गुडिरहेको हाउडा सुपर एक्सप्रेसको रेलका पछाडिका डिब्बामा मालवाहक रेलसँग ठोक्किएको कोरोमान्डेल एक्सप्रेसको रेलका केही डिब्बा ठोक्किए।

भारतीय रेलवे बोर्डकी सदस्य जया वर्मा सिन्हाले आइतबार आयोजित पत्रकार सम्मेलन दुबै रेल हरियो संकेत पाएर निर्धारित गतिमा स्टेशनमा पुगेको बताइन्।

उनका अनुसार दुबै रेल मेन लाइनबाट पास हुने संकेत दिइएको थियो। तर कोरोमान्डेल एक्सप्रेसको रेल मेन लाइनबाट लुप लाइनमा कसरी पुग्यो भन्ने कारण पत्ता लागेको छैन।

‘इन्जिनमा खराबी भएर रेल लुप लाइनमा गएको देखिन्न। संकेतमै कुनै समस्या भएर हुन सक्छ,’ सिन्हाले भनिन्,‘कारण जेसुकै भए पनि अनुसन्धानबाट पत्ता लाग्ने छ।’ दुई यात्रुवाहक रेलमा  झन्डै २ हजार मानिस सवार थिए।

शुक्रबारको दुर्घटनापछि अहिले भारतीय सामाजिक सञ्जालमा त्यसैको चर्चा छ। शवहरू उठाएर थुपारेको र अस्पताल लैजाने बेला कुनै सामानजसरी ट्रकमा राखेका भिडिओहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।

शुक्रबारको दुर्घटनामा ज्यान गुमाउने अधिकांशको पहिचान हुन सकेको छैन। आफन्तहरू प्रियजनको शव खोज्न भौतारिरहेका छन्। शवहरू उठाएर राखेको र अस्पताल लैजाने बेला कुनै सामानजसरी ट्रकमा राखेका भिडिओहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।

शुक्रबारको दुर्घटनामा ज्यान गुमाउने अधिकांशको पहिचान हुन सकेको छैन। आफन्तहरू प्रियजनको शव खोज्न भौतारिरहेका छन्। अधिकारीहरूले पहिचान हुन नसकेका शवको डिएनए परीक्षण गरिने बताएका छन्। दुर्घटनास्थलबाट अन्य रेललाई आवातजावत गर्न दिनका लागि अहिले ठोक्किएका रेलका डिब्बा हटाउने काम भइरहेको छ।

सरकारले दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई १० लाख, गम्भीर घाइते हुनेलाई २ लाख र सामान्य घाइते हुनेलाई ५० हजार भारू क्षतिपूर्ति र उपचार खर्च दिने घोषणा गरेको छ। भारतका विपक्षी दलका नेताहरूले भने अहिलेको दुर्घटनामा नरेन्द्र मोदी सरकारको नीति दोषी रहेको बताएका छन्।

प्रधानमन्त्री मोदीको प्राथमिकतामा वंदे भारत एक्सप्रेसका रेलमात्र परेको र अरू रेलको पूर्वाधारमा सुरक्षाका मापदण्ड पूरा नगरेकाले दुर्घटना भएको उनीहरूको आरोप छ। भारत संसारमै सबैभन्दा ठूलो रेलवे सञ्जाल भएका मुलुकमा पर्छ। औसतमा दैनिक २५ लाख भारतीयले रेलमा यात्रा गर्छन्।

 

सन् १९५६ मा लगालग दुइटा रेल दुर्घटना भएपछि तत्कालीन रेल मन्त्री लालबहादुर शास्त्रीले  नैतिकताका आधारमा राजीनामा दिएका थिए। पहिलो दुर्घटनामा प्रधानमन्त्री जवाहरलाल नेहरूले उनको राजीनामा अस्वीकृत गरे पनि त्यही वर्ष नोभेम्बर दोस्रो रेल दुर्घटनामा दर्जनौं यात्रुको ज्यान गएपछि उनले दिएको राजीनामा स्वीकृत भएको थियो। सन् १९९९ मा असममा भएको रेल दुर्घटनामा परी २९० जनाको ज्यान गएपछि तत्कालीन रेल मन्त्री नितिशकुमारले पनि नैतिकताका आधारमा राजीनामा दिएका थिए। अरू विभिन्न दुर्घटनामा पनि मन्त्रीहरूले राजीनामा दिए पनि उनीहरूको राजीनामा स्वीकृत भएको थिएन।

पुराना भइसकेका रेलका पूर्वाधार र त्यसमा अत्याधुनिक सुरक्षा मापदण्ड प्रयोग गर्न मोदी सरकार उदासिन रहेको तृणमूल कंग्रेसका नेता अभिषेक बेनर्जीको आरोप छ। ‘केन्द्र सरकार विपक्षी नेताको जासुसी गर्न करोडौं रुपैयाँ खर्च गरिरहेको छ। तर यस्तो दुर्घटना रोक्नका लागि रेलमा एन्टीकोलिजन डिभाइस लगाउने आवश्यकतालाई नजरअन्दाज गरिरहेको छ,’ उनले भने।

केहीले रेल मन्त्री वैष्णवको राजीनामा मागेका छन्। यसअघि पनि रेल दुर्घटना हुँदा नैतिकताका आधारमा मन्त्रीले राजीनामा दिएका उदाहरण छन्।

बिबिसी नेपाली 

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img

ताजा प्रकासित

सम्बन्धित समाचार

norefer