spot_img
spot_img

चितवनको टिकौलीमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

- Advertisement -

चितवन – चितवनको टिकौली जंगलमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको हो ।

चितवन को टिकौली मा सवारी दुर्घटना

खानापकाउने सिलिण्डर ग्यास बोकेर भरतपुर तर्फ जादै गरेको ना ४ ख ६६७४ नं को ट्रकले सोही दिसा तर्फ जादै गरेको बागमती प्रदेश ०३–००२प ७६८८ नं.को स्कुटरलाई पछाडी बाट ठक्कर दिदाँ स्कुटर चालक भरतपुर ११ बस्ने २० बर्षीय सागर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दुर्घटनामा परी भरतपुर ११ बस्ने २० बर्षीय बिशान्त ढकाल गम्भिर घाइते भएका छन् । उनको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ । स्कुटरलाई ठक्कर दिने ट्रक चालक तनहुँका ५० बर्षीय ढक बहादुर गुरुङ प्रहरी नियन्त्रणमा रहेका छन् ।

रासस

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img

ताजा प्रकासित

सम्बन्धित समाचार

norefer