spot_img
spot_img

नक्कली भुटानी शरणार्थी प्रकरणमा देउवा मौन किन ?

- Advertisement -

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतको शब्दमा सभापति शेरबहादुर देउवा ‘कम बोल्ने खुरुखुरु काम गर्ने’ नेता हुन् । कांग्रेस पार्टीपङ्ति तथा आम नागरिक पनि पूर्व प्रधानमन्त्री देउवालाई कम बोल्ने नेताकै रूपमा बुझ्छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणले मुलुक यतिविघ्न तरंगित हुँदा समेत कांग्रेस सभापति शेरबहादुर देउवा ‘आश्चर्यजनक मौनता’मा छन् । कतिपयको विश्लेषणमा उनको यो मौनताले झन् धेरै कुरा भनिरहेको छ ।

तर सार्वजनिक चासो र मुद्दामा हुने उनको मौनताले उनी नबोले पनि झन् धेरै कुरा भनिरहेको छ । हुन पनि नक्कली भुटानी शरणार्थी प्रकरणले मुलुक तरंगित हुँदा कांग्रेस सभापति देउवा भने ‘आश्चर्यजनक मौनता’ मा छन् ।

कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेर अनुसन्धानमा तानिंदा समेत देउवाले आफ्नो धारणा बाहिर ल्याएका छैनन् । सभापति देउवाले नक्कली शरणार्थी प्रकरणमा मुख नखोलेको प्रति पार्टीभित्रै आवाज समेत उठेको छ ।

अघिल्लो बुधबार बसेको शीर्ष नेताको बैठकमा महामन्त्री गगन थापाले सभापति मौन रहन नहुने सुझाव दिएका थिए । उनले भनेका थिए, ‘पार्टीले हस्तक्षेप गर्दैन, जघन्य अपराधमा संलग्न जो-सुकैलाई छोड्नु हुन्न भनेर सभापतिले बाहिर बोल्नुस् ।’ सभापति देउवाले त्यसलाई गम्भीरतापूर्वक लिएनन् ।

औपचारिक धारणा ल्याउन पार्टी भित्रैबाट दबाब भए पनि उनी अहिलेसम्म बोल्न तयार देखिंदैनन् । सभापति नै मौन रहेपछि संस्थागत दृष्टिकोण बाहिर आउनुपर्ने आवाज पार्टीभित्र उठिरहेको छ । तर देउवाले न मौनता तोडेका छन्, न यसबारे धारणा तय गर्न पार्टीको औपचारिक बैठक नै बोलाएका छन् ।

देउवाको मौनताबारे सोधिएको प्रश्नमा प्रवक्ता महत भन्छन्, ‘सभापतिको धेरै बोल्ने बानी छैन । स्वतन्त्र र निष्पक्ष अनुसन्धानको पक्षमा छौं भनिरहनुभएको छ।’ दुई दिनअघि पत्रकार सम्मेलन गरेर प्रवक्ता महतले पार्टी नेताहरूको प्रतिरक्षा गरे। खाँणलाई पार्टीको भूमिकाबाट निलम्बन नगर्ने नीतिको बचाउ गरे ।

अघिल्लो बुधबार र बिहीबार देउवाले शीर्ष तहका नेतालाई छलफलका लागि बोलाएका थिए । यो बैठक नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीको आधिकारिक धारणा तय गर्न बोलाइएको भने थिएन । भ्रातृ संगठनहरूको पूर्णता लगायत विषयमा परामर्श लिन बैठक डाकेका थिए । तर दुवै दिन पूर्व गृहमन्त्री खाँणलाई निलम्बन गर्ने/नगर्ने विषयमा छलफल भयो ।

अब कार्यसम्पादन र केन्द्रीय समितिको बैठक बोलाएर नक्कली शरणार्थी प्रकरणमा संस्थागत निर्णय गर्ने मनस्थितिमा देउवा नरहेको नेताहरू दाबी गर्छन् । ‘परामर्श लिन पदाधिकारीको दुई दिन बैठक बोलाउनुभयो । पदाधिकारी बैठकको व्यवस्था विधानमा छैन’ एक पदाधिकारी भन्छन्, ‘कार्यसम्पादन वा केन्द्रीय समिति बैठक बोलाएर औपचारिक निर्णय गर्ने सोच सभापतिमा छैन।’

सिंगो प्रकरणमा आफ्नो धारणा नराखेका देउवा खाँणलाई निलम्बन नगर्ने पक्षमा भने दृढ देखिएका छन् । कांग्रेस नेताहरू सभापति देउवाको चासो सिंगो प्रकरण भन्दा पनि आफ्ना नेताहरूप्रति छ भन्छन् ।

कांग्रेस विधान अनुसार २/२ महिनामा केन्द्रीय समितिको बैठक बस्नुपर्ने व्यवस्था छ । केन्द्रीय समितिको बैठक बस्न नसकेको ९ महिना पुगेको छ । उपनिर्वाचन, नक्कली भुटानी शरणार्थी प्रकरण लगायत विषयमा छलफल गर्न केन्द्रीय कार्यसमितिकै बैठक बस्नुपर्ने माग नेताहरूले गरिरहेका छन् ।

कांग्रेस केन्द्रीय सदस्य समेत रहेका पूर्व गृहमन्त्री खाँण २७ वैशाखमा पक्राउ परेका थिए ।

खाँण स्वयंले पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा नगरे पार्टीले निलम्बन गर्नुपर्ने पक्षमा महामन्त्री थापा छन् । भन्छन्, ‘गम्भीर आरोप लागिसकेपछि मुद्दाको अन्तिम किनारा नलागेसम्म जुनसुकै तहको जिम्मेवारीमा रहेको व्यक्ति स्वतः पार्टीको जिम्मेवारीबाट अलग रहनुपर्छ, अन्यथा पार्टीले निलम्बन गर्नुपर्छ ।’

पार्टीको बैठक विधानसंगत तरिकाले बस्न नसक्दा संस्थागत निर्णय आउन नसकेको बताउँछन् कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महर । ‘केन्द्रीय समिति बैठक बसेर विधिसम्मत निर्णय गर्नुपर्छ । यो प्रकरण सहित अरू अरू विषयमा पनि छलफल गर्न बैठक बोलाउनुपर्दछ’, केन्द्रीय सदस्य महर भन्छन् ।

कांग्रेस नेताहरू सिंगो प्रकरणमा आफ्नो धारणा नराखेका देउवा खाँणलाई निलम्बन नगर्ने पक्षमा भने दृढ देखिएका छन् । कांग्रेस नेताहरु सभापति देउवाको चासो सिंगो प्रकरण भन्दा पनि आफ्ना नेताहरूप्रति छ भन्छन् ।

संसद र सत्ता गठबन्धनकै सबभन्दा ठूलो दलका सभापति देउवाले मुख नखोले पनि अन्य दलबाट भने प्रतिक्रिया आइरहेका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पटक-पटक यस प्रकरणमा बोलिरहेका छन् ।

रासस

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img

ताजा प्रकासित

सम्बन्धित समाचार

norefer