spot_img
spot_img

बजारमा किन घट्दैछ,विज्ञ के भन्छन् ? के बजार फर्किने सङ्केत हो त?

- Advertisement -

काठमाडौं -सर्वसाधारण लगानीकर्तामा १२ करोडको भूत हाबी हुँदा शेयर बजारमा घट्दो प्रेसर देखिएको छ। घट्दो बजारको प्रेसरमा लगानीकर्ताले लाभांशको मुखमा भटाभट शेयर बिक्री गर्न थालेका छन्। लगानीकर्ताले आत्तिएर शेयर बिक्री गर्दा सूचकमा लगातार प्रेसर देखिन थालेको छ।

प्रेसरमा परेको बजारमा कारोबार रकम समेत घट्दो लयमा देखिएको छ। गएको सात कारोबार दिनदेखि लगातार घटेको कारोबार रकम बिहीबार साढे नौ अर्ब रुपैयाँमा खुम्चिएको छ। तर अघिल्लो दिन भन्दा १५ करोड रुपैयाँ बढी हो।
गएको भदौ दुई गते २१ अर्ब ३१ करोड रुपैयाँको कारोबार पछि घट्न थालेको कारोबार रकम बिहीबारसम्म आइपुग्दा ५० प्रतिशत भन्दा बढीले घटी सकेको छ।

कारोबार रकम घट्दै जानुलाई लगानीकर्ताले भने सकारात्मक रुपमा लिएका छन्। उनीहरूका अनुसार बजारमा कारोबार रकम घट्दै जानु भनेको बजार पुन: फर्किने सङ्केत हो। “जब बजारमा कारोबार रकम घट्दै जान्छ त्यसको अर्थ हो, लगानीकर्ताले शेयर बिक्री गर्न चाहिरहेका छैनन्। उनीहरूले मागेकै मूल्यमा शेयर बिक्री गर्न नचाहेकै कारण शेयर बजारमा कारोबार रकम घटेको हो। हेर्नुस् शेयर बजारमा बिहीबार पनि थुप्रै बायर थिए। तर ती सबै बायर कम मोलमा बसेका थिए।

कम मोलमा बसेका खरिदकर्तालाई लगानीकर्ताहरूले उनीहरूकै मूल्यमा शेयर बिक्री गर्न चाहेनन्। यसको अर्थ हो बिक्रीकर्ताहरू आफ्नो मोल खोजिरहेका छन्। जसले गर्दा शेयरको कम कारोबार भयो। शेयर बजार घटेको बेलामा कारोबार रकम घट्नु भनेको राम्रो पक्ष हो। जति जति कारोबार रकम घट्दै जान्छ। त्यति त्यति बजार पुनः फर्किन अवस्थामा छ भनेर बुझ्नु पर्ने विज्ञ बताउँछन् ।

यस्तो खालको परिस्थिति अहिले मात्रै देखिएको होइन यस्तो अवस्था धेरै पटक आइसकेको छ। गत जेठ ३० गते १९ अर्ब ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा कारोबार रकम घटेर चार अर्बसम्म खुम्चिएको थियो। लगातार १६ कारोबार दिन घटेर चार अर्बमा समेटिएको थियो। १६ दिन कारोबार रकम घटेको बजारमा असार २२ गते कारोबार रकम चार अर्ब २२ करोडसम्म खुम्चियो। तर, त्यस पछि बढेको बजारले पहिलेको १९ अर्बको रेकर्ड पनि ब्रेक गर्‍यो।

उक्त दिनहरूमा कारोबार मात्रै घटेन सूचक पनि घट्दै गएको थियो। १६ दिनमा सूचक १७३ अंकले ओर्लिएर २८१८.१० अंकमा झरेको थियो। जब जब सूचक घट्छ तब तब कारोबार रकम पनि घट्दै जानु पर्छ।

पछिल्लो समय बजार घट्नुलाई १२ करोडको भूतको संज्ञा दिइएको छ। कारणको रुपमा औँल्याइएको १२ करोडको नीति नै यति बेला सूचक घटाउने प्रमुख आधार रहेको अर्का लगानीकर्ता नयन बास्तोलाको विश्लेषण छ।

तर, उक्त नीतिले बजारमा खासै फरक नपार्ने भए पनि केही लगानीकर्ताले भने यसैलाई शेयर बजार घटाउने अस्त्रको रुपमा प्रयोग गरिरहेको बास्तोलाको आरोप छ। १२ करोडको नीतिले के फरक पार्छ? झन् बैंकमा सबैको ऋणमा पहुँच बिस्तार हुन्छ। बरु यसले दीर्घकालमा लगानीकर्तालाई नै फाइदा हुन्छ। तर, एक थरीले भने यसैलाई घटाउने आधार बनाएका छन्। जसमा साना लगानीकर्ता सस्तैमा शेयर दिन बाध्य भइरहेका छन् ।

लाभांशको मुखमा लगानीकर्ताले जसरी शेयर बिक्री गरिरहेका छन् उनीहरूले एकातर्फ लाभांश पनि गुमाउँदै गएका छन् भने अर्कोतर्फ मूल्य पनि कम पाइरहेका छन्। तर, जसले शेयर खरिद गरिरहेका छन् उनीहरूले लाभांशमा पहुँच पनि बढाउँदै लगेका छन् भने मूल्य पनि थप पाउने देखिन्छ ।



पछिल्लो समय २८ कम्पनीले लाभांश घोषणा गरेका छन्। जसमा चार प्रतिशत देखि ५० प्रतिशतसम्म लाभांश घोषणा भएको छ। जसको लाभांश घोषणा भएको छ, उसको मूल्यलाई भने घट्दो बजारले प्रेसर पार्न सकेको छैन।

आउने दिनमा १२ करोडको फण्डा सेलाउँदै जाने र लाभांश घोषणाले बजारलाई पुनः फर्काउने भएकोले अत्तालिएर शेयर बिक्री नगर्न विज्ञहरुको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img

ताजा प्रकासित

सम्बन्धित समाचार

norefer