spot_img
spot_img

सेप्टेम्बर ७ मा रिलिज हुँदै आइफोन १४

- Advertisement -

काठमाडौं -विश्वका करोडौँ स्मार्टफोन प्रयोगकर्ताले हरेक वर्ष एप्पलको नयाँ आइफोनको व्यग्रताका साथ प्रतिक्षा गरिरहेका हुन्छन् ।

एप्पलले यो वर्ष लञ्च गर्ने आइफोन १४ सिरिजको लागि पनि प्रयोगकर्ताहरुले लामो समयदेखि प्रतिक्षा गरिरहेका छन् । तर हालै सार्वजनिक भएको एक रिपोर्ट अनुसार अब यस्तो प्रतीक्षाको घडी छिटै नै अन्त्य हुनेछ । आगामी सेप्टेम्बर १४ मा एप्पलले आफ्नो नयाँ आइफोन सार्वजनिक गर्ने बताइएको छ ।

सेप्टेम्बर १४ मा आयोजना हुने एप्पलको विशेष समारोहमा आइफोन १४, आइफोन १४ प्रो, आइफोन १४ प्रो म्याक्स तथा आइफोन १५ मिनी सार्वजनिक हुनसक्ने बताइएको छ । समाचार अनुसार ७ सेप्टेम्बरमा सार्वजनिक गरिएपश्चात् १७ सेप्टेम्बरमा आइफोनको प्रि-बुकिङ सुरु हुनेछ र २४ सेप्टेम्बरबाट आइफोन १४सिरिजको बिक्री सुरु हुनेछ ।

आइफोन १४ सिरिजको बारेमा सार्वजनिक गरिएका समाचारमा दाबी गरिएअनुसार आइफोन १३ सिरिजका फोनमा पनि उत्कृष्ट फिचरहरू सहितको क्यामरा हुनेछन् ।

म्याक युर्मर्सको एक रिपोर्ट अनुसार आइफोन १४ प्रो मा अत्याधुनिक अल्ट्रा वाइड लेन्स हुनेछ । यसमा अटोफोकसन सपोर्ट रहनेछ । आइफोन १३ मा फिक्स्ड फोकल लेन्थ क्यामरा थियो ।

आइफोन १४ सिरिजमा एप्पलको A16 चिपसेट रहनेछ जुन A15बायोनिक चिपसेटको अपग्रेडेड भर्सन हो । यसका साथमा उच्च रिफ्रेस रेट प्राप्त हुनेछ ।


फेस आइडीका अलावा एप्पलले इन डिस्प्ले टचआइडी फिंगरप्रिन्ट प्रविधिमा पनि काम गरिरहेको बताइएको छ ।

नयाँ मोडेलको आइफोनमा नयाँ फेस आइडी हार्डवेयर रहनेछ । जसको मद्धतले प्रयोगकर्ताले फेस मास्क लगाएरै वा चश्मामा वाफ हुँदा समेत फोन अनलक गर्न सक्नेछन् ।


आइफोन १४ सिरिजमा फ्रन्ट क्यामराको ठाउँमा केही परिवर्तन हुन सक्दछ । एप्पलले आफ्ना कर्मचारीहरुलाई नयाँ फेस आइडीको परीक्षणका लागि एक नयाँ विशेष खोल प्रदान गरेको छ ।


एजेन्सीको सहयोगमा ©sprasamedia.com

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img

ताजा प्रकासित

सम्बन्धित समाचार

norefer