spot_img
spot_img

चितवनमा सवारी लाइसेन्स वितरण सेवा सुरु

- Advertisement -

चैत्र १५ चितवन — लामो समयको प्रतीक्षापछि चितवनमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरणको सेवा सुरू भएको छ ।

यातायात व्यवस्था कार्यालय चितवनबाट सवारी लाइसेन्स वितरणको लागि यातायात व्यवस्था विभागले शनिबारदेखि नै अनलाइन आवेदनको कोटा खोलेको हो ।

लिखित र ट्रायल परीक्षाको दिन यातायात कार्यालयले तोक्ने छ । लिखित परीक्षा यातायात कार्यालयमा नै हुनेछ भने ट्रायल परीक्षाको लागि भरतपुर–९ स्थित महालक्ष्मी मोटर ड्राइभिङ छनोट भइसकेको छ । विभागले आइतबार नै बायोमेट्रिक दिनेगरी अनलाइन आवेदनको कोटा खोलिदिएपछि सेवा सुरू गर्न यातायातका कर्मचारीहरु दबाबमा परेका छन् ।

यातायात कार्यालय शनिबार मात्रै नयाँ भवनमा सरेकाले आइतबार बायोमेट्रिक दिन आउने सेवाग्राहीको व्यवस्थापनमा समस्या हुन सक्छ । भरतपुर विमानस्थलअगाडि भाडाको घरमा सञ्चालन हुँदै आएको कार्यालय जिल्ला समन्वय समितिको कार्यालयअगाडिको गेस्ट हाउस भवनमा सरेको छ ।

‘आइतबार नै बायोमेट्रिक सम्भव छैन । त्यसको लागि आइतबार विज्ञसँग छलफल हुन्छ । त्यसपछि बायोमेट्रिकको समयलाई मिलाउँदे जान्छौँ’, उनले भने, ‘नयाँ कार्यालयमा सामान सार्ने, इन्टरनेट र सिस्टम जोड्ने काम हुँदैछ । आइतबार नियमित सेवा दिन सके त्यहि ठूलो कुरा हुनेछ ।’ आइतबार बायोमेट्रिक दिन सेवाग्राही आए उनीहरुलाई पछिको मितिमा बोलाइने उनले बताए ।

ट्रायल परीक्षाको लागि ट्रायल सेन्टरमा नयाँ गाडीहरुको व्यवस्था गरिएको छ । सुरूवातमा मोटरसाइकलमा २००, स्कुटरमा १००, कार जिपमा १००, रिक्सा, ईरिक्सा र टेम्पोमा ४०, ट्याक्टरमा २०, मिनी बस र ट्रकमा १५ जनाको दैनिक परीक्षा लिनेगरी लागि कोटा खोलिने उनले बताए । अनलाइन आवेदन फाराम भर्नका लागि एक साताको समय दिइने उनी बताउँछन् ।

नयाँ लाइसेन्स वितरणसँगै यातायातसम्बन्धी सबै सेवा भरतपुरबाटै दिन सकिने यातायात कार्यालयका सूचना अधिकारीले बताए । उनका अनुसार कार्यालयबाट नयाँ लाइसेन्स र नवीकरण, ब्लुबुक दर्ता र नामसारी तथा नवीकरण, रूट परमिट, जाँचपासजस्ता महत्त्वपूर्ण काम हुने छन् । ‘लाइसेन्स वितरणको सेवा थपिएसँगै कार्यालयमा सेवाग्राहीको चाप बढ्ने छ । सबैलाई व्यवस्थित गरेर नयाँ भवनबाट सेवा सुचारू गर्ने छौँ’, उनले भने ।

सेवाग्राहीले अनलाइन आवेदनको फाराम भरेर बायोमेट्रिकको समय लिन थालिसकेका छन् । दैनिक ५०० जनाले बायोमेट्रिक दिन पाउने गरी अनलाइन आवेदनको कोटा खोलिएको हो ।

बायोमेट्रिकमा आँखा परीक्षण गर्ने, फोटो खिच्ने, डिजिटल हस्ताक्षर लिनेलगायतको काम हुन्छ । बायोमेट्रिक दिएका सेवाग्राहीले लाइसेन्सको लागि लिखित परीक्षा दिनुपर्छ । लिखित परीक्षामा पास भएका परीक्षार्थीलाई प्रयोगात्मक परीक्षा (ट्रायल)मा संलग्न गराइन्छ ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img

ताजा प्रकासित

सम्बन्धित समाचार

norefer