spot_img
spot_img

जीर्णोद्धारपछि बेहुली झै सजियो कालिका मन्दिर

- Advertisement -

बागलुङ । भूकम्पले क्षतिग्रस्त भएको प्रसिद्ध कालिका भगवती मन्दिरको जीर्णोद्धार पूर्ण गरिएको छ ।

मन्दिरको कलात्मक ढङ्गले भक्तपुरको इँटा प्रयोग गरी जीर्णोद्धार गरिएको हो ।

मन्दिरको छानो ताम्रपत्रले छाइएको छ । भक्तपुरे साना इँटाको प्रयोगले मन्दिरलाई थप आकर्षक बनाएको छ ।

मुख्य मन्दिरलाई पुरानै शैलीमा आकर्षक ढङ्गबाट निर्माण गरिएको गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो । मन्दिर परिसरका अन्य संरचना आधुनिक ढङ्गबाट निर्माण गरिएको छ । मन्दिरमा सत्तल, हवन कुण्डलगायतका संरचना निर्माणाधीन अवस्थामा छन् ।

गुठी व्यस्थापन समितिको पञ्चवर्षीय रणनीतिक सुधार कार्यक्रमअनुसार मन्दिरको स्वरुप कलात्मक ढङ्गबाट निर्माण गरिएको हो ।

भूकम्पपछि पुरानो संरचना जोखिमपूर्ण तथा विगतको चुहिने ताम्रपत्र पनि जीर्णोद्धार गरिएको हो । जीर्णोद्धार गर्न करिब रु २६ लाख खर्च भएको छ । निर्माणाधीन सत्तल सम्पन्न गर्न रु ७० लाख र हवकुण्ड निर्माणमा रु १३ लाख खर्च हुनेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशकै प्रसिद्ध धार्मिक पर्यटकीयस्थल बागलुङ कालिका भगवतीको मन्दिरमा विशेष पूजाअर्चना गरेकी छिन् । आज बिहान राष्ट्रपति भण्डारीले कालिका भगवती मन्दिरमा विशेष पूजाअर्चना गरेकी हुन् । नेपाली सेनाको हेलिकप्टरमार्फत बिहान १०ः३० बजे बागलुङ आएकी राष्ट्रपति भण्डारीले करिब १५ मिनेट विशेष पूजाअर्चना गरेकी थिइन् ।

उनी बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङको विशेष निमन्त्रणामा कालिका मन्दिरको दर्शन र पूजाअर्चनाका लागि बागलुङ आएकी गुठीका अध्यक्ष कुमार खड्काले बताए ।

जीर्णोद्धार तथा थप संरचना निर्माणका लागि गुठी व्यवस्थापन समितिले स्थानीय तह, प्रदेश तथा सङ्घीय सरकारसँग रकम माग गरे पनि प्राप्त नभएको अध्यक्ष खड्काले बताउनुभयो । हाल मन्दिरमा सङ्कलित भेटीबाट नै निर्माणको काम अघि बढेको छ ।

तत्कालीन पर्वतका राजा प्रतापीनारायण मल्लले विसं १५९० मा राज्यारोहण गर्नुभएको थियो । उहाँको विवाह विसं १५९१ मा पाल्पाका राजा मणिमुकुन्द सेनकी छोरीसँग भयो । विवाह हुँदा छोरीले माझकी देवीलाई पनि दाइजोका रुपमा बुवासँग मागेर आफूसँगै ल्याउनुभयो ।

पाल्पाबाट पर्वत ल्याउने क्रममा देवीको डोली हाल कालिका मन्दिर भएको ठाउँ बागलुङ नगरपालिका–१ मा बिसाएर उठाउँदा नउठेपछि राजदम्पतीले यस ठाउँमा मन्दिरको स्थापना गरी पूजापाठ गर्ने व्यवस्था मिलाएको किंवदन्ती छ ।

मन्दिरमा वर्षको दुई पटक बडादसैँ र चैतेदसैँमा विशेष पूजा हुन्छ ।

बागलुङ को कालिका मन्दिर चैते दशैं मा सबैभन्दा बढी भीड र मेला हुने देशकै एकमात्र मन्दिर पनि हो ।।

रासस

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img

ताजा प्रकासित

सम्बन्धित समाचार

norefer