spot_img
spot_img

विमानस्थल भित्र कर्मचारीलाई ‘खल्तीरहित पोशाक’

- Advertisement -

काठमाडौं – विमानस्थल भित्र ब्यागेज तोडफोड, चोरीका घटनाबारे यात्रुका गुनासा बढेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन विमानस्थल कार्यालयले कडाइ सुरु गरेको छ । सो क्रममा ब्यागेज व्यवस्थापनमा खटिने नेपाल एयरलाइन्सका कर्मचारीलाई अब खल्तीरहित पोशाक दिइने भएको छ । यसको प्रबन्ध नेपाल एयरलाइन्सले मिलाउने निर्णय भएको त्रिभुवन विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।

उनका अनुसार सुपरभाइजरको काम प्रभावकारी बनाउन, समयमा उपकरण मर्मत गर्न, ब्यागेज ह्याण्डिलिङ तालिम दिन, सामान लोडिङ, अफ लोडिङ समयमा हाइ रिजोलुसनको ग्रोप्रो क्यामराको व्यवस्था गर्न र खल्तीरहित पोशाकको व्यवस्था नेपाल एयरलाइन्सले गर्ने गरी निर्णय गरिएको हो ।

यसअघि बिहीबार त्रिभुवन विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आकस्मिक बैठक गरी यस बारे प्रश्न गरेका थिए ।

त्रिभुवन विमानस्थलका महाप्रवन्धक तिवारीका अनुसार विमानस्थलको शौचालयमा बज्ने म्यूजिक सिस्टम नयाँ जडानको काम भइरहेको छ । रात्रि उडान सकिएपछि शौचालयको डीप क्लिनिङ गर्न थालिएको छ ।

रासस

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img

ताजा प्रकासित

सम्बन्धित समाचार

norefer