spot_img
spot_img

वर्षायाममा मासिक ५० र हिउँद मा ३० युनिट सम्म बिद्दुत महसुल छुट

- Advertisement -

काठमाडौं – सरकारले हिउँद याममा मासिक ३० युनिट र वर्षा याममा मासिक ५० युनिट सम्म विद्युत खपत गर्ने उपभोक्तालाई निःशुल्क विद्युत उपलब्ध गराउने भएको छ ।



शुक्रबार संसदमा आर्थिक वर्ष २०८०-८१ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राट्रपति रामचन्द्र पौडेलले आगामी दुई वर्षभित्रै देशका सबै नागरिकमा ऊर्जाको पहुँच सुनिश्चित गरिने जनाए ।



बिजुली खपत बढाइ खाना पकाउने ग्यासलाई क्रमशः विद्युतबाट प्रतिस्थापन गरिने पनि सरकारले नीति लिएको पौडेलले जनाए ।


यसैगरी सरकारले आगामी दुई वर्षभित्रै देशका सबै घरमा विद्युत सुविधा उपलब्ध गराउने पनि बताएको छ । यस्तै विपन्न वर्गलाई निःशुल्क विद्युतीय मिटर उपलब्ध गराइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

रासस

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img

ताजा प्रकासित

सम्बन्धित समाचार

norefer