spot_img
spot_img

चितवन मा जन्मिए ४१ हात्ती

- Advertisement -

चितवन – नेपालको चितवन राष्ट्रिय निकुञ्जमा रहेको हात्ती प्रजनन केन्द्रमा अहिलेसम्म ४१ वटा हात्ती जन्मिएका छन् । निकुञ्जमा विसं २०४४ सालमा स्थापना भएकाे हात्ती प्रजनन केन्द्र खोरसोरमा अहिलेसम्म ४१ वटा हात्ती जन्मिएका हुन् ।

खोरसोरमा रहेका ५५ वटा हात्तीमध्ये पाँच वटा विदेशबाट ल्याइएका हुन् भने अन्य नेपालमा नै जन्मिएका हुन् । राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार भारतबाट ल्याइएका चार वटा र थाइल्याण्डबाट ल्याइएका एउटा हात्ती अहिले खोरसोरमा रहेका छन् । नेपालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट दुई, सर्लाहीबाट चार र कोशीटप्पुबाट तीन वटा हात्ती ल्याइएको उहाँले बताउनुभयो ।

त्यसभन्दा अघि देखिका हात्ती अहिले खोरसोरमा रहेका उहाँले बताउनुभयो । निकुञ्जको खोरसोरमा रहेका हात्तीमध्ये अहिले चार वटा वृद्धावस्थाका रहेका छन् भने अन्य एक वर्षदेखि माथिका रहेका छन् । तत्कालीन समयमा राजपरिवार सिकार खेल्न आउँदा प्रयोग गरिएका हात्ती निकुञ्जमा रहेका उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘खोरसोर स्थापना हुनुअघि राजपरिवार सिकार खेल्न आउँदा प्रयोग गरिने हात्ती यहाँ छन् ।’ यहाँ रहेका हात्तीमध्ये ३२ वटा भाले र २३ वटा पोथी हुन् । निकुञ्ज सुरक्षार्थ हात्तीको प्रयोग गर्ने गरिन्छ । जीप जान नसक्ने ठाउँमा  हात्तीमा चढेर गस्ती गर्ने गरिन्छ ।

रासस

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img

ताजा प्रकासित

सम्बन्धित समाचार

norefer