spot_img
spot_img

बालयौन दूर्व्यवहारको आरोपमा मदन राई पक्राउ

- Advertisement -

खोटाङ-कृषिविज्ञ मदन राईलाई प्रहरीले पक्राउ गरेको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभम फाउण्डेशनका सञ्चालक समेत रहनुभएको राईलाई बालयौन दूर्व्यवहारको आरोपमा हिजो  पक्राउ गरेको हो ।

फाउन्डेसनकै आवासीय छात्राहरुलाई यौन दुर्व्यवहार गरेको कसुरमा शुक्रबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले फाउण्डेसनबाटै राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका लागि राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मन्जिल मुकारुङले बताउनुभयो । ७५ बर्षीय राईबिरुद्ध लिखित र मौखिक उजुरी आएको डिएसपी मुकारुङको भनाई  छ । वैकल्पिक शिक्षाको नारासहित सञ्चालन भईरहेको फाउन्डेसनमा डेढ सय विद्यार्थी रहेको उल्लेख छ ।

रासस

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img

ताजा प्रकासित

सम्बन्धित समाचार

norefer