spot_img
spot_img

भैरहवा हवाई उडान जेठ १ गतेदेखि पुनः सुरु हुने

- Advertisement -

काठमाडौँ – भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा उडान रोकेको कुवेतको जजिरा एयरवेजले जेठ १ गतेदेखि पुनः उडान सुरु गर्ने भएको छ ।

भैरहवा विमानस्थल महानिर्देशक हंसराज पाण्डेका अनुसार जजिराले आन्तरिक कारण देखाउँदै उडान रोकेको हो । उहाँले भन्नुभयो, “जजिराले वैशाख ६ गते अन्तिम उडान गरेको थियो । वैशाख ८ र १० गतेको उडान व्यावसायिक कारणले रद्द गरेको जानकारीपछि वैशाख २५ देखि नियमित उडान गर्ने जानकारी आएको थियो तर उक्त मितिमा समेत उडान नगरेको कम्पनीले जेठ १ गतेदेखि उडान गर्ने जानकारी गराएको छ ।”

जजिराले गौतम बुद्ध विमानस्थल व्यावसायिक रूपमा सञ्चालनमा आएसँगै कुवेतमा सातामा तीन उडान गर्दै आएको थियो । जजिराले भैरहवाबाट राति २ बजे उडान भरेर त्यहाँको समय अनुसार बिहान ४ बजे कुवेतमा अवतरण हुँदै आएको थियो ।

प्रतिकुल मौसम भएको भन्दै पुस ६ गतेदेखि फागुन २४ गतेसम्म उडान रोकेर पुनः फागुन २५ गतेदेखि हप्ताको तीन उडान थालेको जजिरा एयरवेजले वैशाख ६ गतेदेखि उडान रोकेको थियो ।

रसास

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img

ताजा प्रकासित

सम्बन्धित समाचार

norefer