spot_img
spot_img

त्रिविको सातै प्रदेशमा विश्वविद्यालय स्थापना हुने

- Advertisement -

काठमाडौं —त्रिभुवन विश्वविद्यालयले आफ्नै पुनर्संरचना गरेर प्रदेशिक विश्वविद्यालय स्थापना गर्ने योजना अघि बढाएको छ ।

विश्वविद्यालय अन्तर्गत ६२ आंगिक र एक हजार ६० वटा सम्बन्धन प्राप्त क्याम्पस छन् । यी सबै क्याम्पसको अध्ययन, अध्यापन तथा गुणस्तर लगायतका विषयमा विश्वविद्यालयले राम्रोसँग अनुगमन गर्न सकेको छैन । अर्कोतर्फ सरकारले नै त्रिभुवन विश्वविद्यालयका क्याम्पस लार्इ समेटेर नयाँ विश्वविद्यालय स्थापना गर्ने क्रम समेत रोकेको छैन । यस्तो अवस्थामा त्रिभुवन विश्वविद्यालयले आफ्नै पुनर्संरचना गरेर प्रादेशिक विश्वविद्यालय स्थापना गर्ने योजना अघि बढाएको हो ।

त्रिविले आवश्यकता अनुसार हरेक प्रदेशमा प्रादेशिक विश्वविद्यालय स्थापना गर्नेछ । शिक्षाध्यक्ष शिवलाल भुसालको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको पुनर्संरचना सम्बन्धी प्रतिवेदन लार्इ कार्यकारी परिषद्ले पास गरिसकेको छ ।

त्रिविले नै स्थापना गरेका विश्वविद्यालयहरु प्रदेश सरकार मातहत रहने छन् । शिक्षाध्यक्षको नेतृत्वमा रहने प्रदेश विश्वविद्यालयले आवश्यकताअनुसार नयाँ संकाय र विषयसमेत अध्ययन अध्यापन गराउन सक्ने छन् । तर त्यस्ता विश्वविद्यालय सञ्चालनको खर्च भने प्रदेश सरकारले नै बेहोर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । यसबाट त्रिभुवन विश्वविद्यालय सँगै प्रादेशिक विश्वविद्यालयको गुणस्तर सुधारसँगै व्यवस्थापकीय पक्ष राम्रो हुने अपेक्षा छ । त्यति मात्र होइन, आफ्नो मान्छे लार्इ उपकुलपति र पदाधिकारी बनाउनकै लागि नयाँ विश्वविद्यालय स्थापना गर्ने होडबाजी समेत अन्त्य हुने बुझाइ विज्ञको छ ।

त्यसो त अहिले नै ११ वटा संघीय र पाँचवटा प्रादेशिक विश्वविद्यालय सञ्चालनमा छन् । प्राय विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयकै क्याम्पसलाई समेटेर स्थापना गरिएका हुन् । राजर्षि लगायतका केही विश्वविद्यालय त संकटमा छन् ।

अब त्रिभुवन विश्वविद्यालय नै प्रदेशमा समेत आवश्यकताअनुसार विश्वविद्यालय बनाउने हो भने शिक्षामा देखिएको विकृति कम गर्न सकिने सरोकारवाला बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img

ताजा प्रकासित

सम्बन्धित समाचार

norefer