spot_img
spot_img

ब्रो ले उठायो २ दिनमै आफ्नो लगानी

- Advertisement -

दक्षिण भारतीय अभिनेता पवन कल्यण र साई धर्म तेजको फिल्म ‘ब्रो’ ले दुई दिनमै लगानी उठाएको छ।

गत शुक्रबारदेखि प्रदर्शन भएको फिल्मले विश्वभरबाट दुई दिनमा सय करोड भारू कमाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यो फिल्म ५० करोड भारूमा बनेको हो। यसले घरेलु बक्स अफिसमा तीन दिनमा ६३ करोड १ लाख भारू कमाएको छ।

‘ओपेनहाइमर, बार्बी, मिशन इम्पोसिबल र रकी और रानीकी प्रेम कहानी’ चर्चामा रहँदा यो फिल्मको खासै चर्चा थिएन। रिलिज भएपछि दर्शकले फिल्मलाई खुब रूचाइरहेका छन्। यद्पी भारतीय समीक्षकले भने फिल्मलाई मिश्रित प्रतिक्रिया दिइरहेका छन्।

यो फिल्ममार्फत पवन कल्याण र उनका भतीज साई धर्म तेजले पहिलोपटक सहकार्य गरेका हुन्।

समुथिरकानीले निर्देशन गरेको फिल्ममा पवन र साईसँगै प्रिया प्रकाश वारियर, केतिका शर्मा, रोहिणी, ब्रह्मानन्दम र सुब्बाराजुलगायत कलाकारको अभिनय छ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img

ताजा प्रकासित

सम्बन्धित समाचार

norefer