spot_img
spot_img

अमेरिकी गायिका टेलर स्विफ्टको क्रेज, कन्सर्टमा ‘भूकम्प’

- Advertisement -

अमेरिकी पप गायिका टेलर स्विफ्टको कन्सर्टले ‘भूकम्प’ ल्याएको छ।

उनले सिएटलमा कन्सर्ट गर्दा उक्त क्षेत्रमा २.३ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको भूकम्पविद्ले बताएका छन्। बिबिसीका अनुसार टेलरले २२ र २३ जुलाईमा दिएको कन्सर्टको बेला भूकम्पको कम्पन मापन गरिएको हो।

भूकम्पविद् ज्याकी क्याप्लान-अउरबाचले उक्त कम्पन स्विफ्टका फ्यान वा ध्वनि प्रणालीका कारण भएको बताए। यस शोले सन् २०११ मा सिएटल सहरमा भएको रेकर्ड तोडेको छ।

सन् २०११ मा न्यु अर्लिस सेन्ट्सविरूद्धको खेलको क्रममा अमेरिकी फुटबल प्रशंसकले उक्त कम्पन पैदा गरेका थिए।

दुई रात भएको कन्सर्टमा करिब १ लाख ४४ हजार दर्शक सहभागी थिए।

पश्चिमी वासिङ्टन विश्वविद्यालयका भूविज्ञान प्राध्यापक क्याप्लान-अउरबाचका अनुसार टेलरको कन्सर्ट र फुटबल खेलबीच कम्पनको भिन्नता ०.३ रेक्टर स्केल मात्र रहेको छ। तर टेलरको कन्सर्टको कम्पन दुई गुणा बलियो र पहिलेभन्दा दोब्बर रहेको बताइएको छ।

रासस

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img

ताजा प्रकासित

सम्बन्धित समाचार

norefer