spot_img
spot_img

नारी दिवस , कविता नारी – ‘ प्रदीप सुबेदी ‘

- Advertisement -

— नारी —

मुस्कुराई तिम्रो आँखा लहरहरु सुरु हुन्छ
सृजना की खानी तिमी सृष्टी पछि सुरु हुन्छ ।

घाउचोट सही मनमा ब्यथा, कसरी घर चलाउँछन्
सोच्नु नारी नरहेमा घर बत्ती के बलाउँछन् ।

एक छाक पाक्न घरमा पनि, तिम्ले हात लाउनै पर्छ
मेलापात चुलो चौको, घास दाउरानी गर्नै पर्छ ।

उज्यालो त्यो ज्योति हेर यसरीनै चम्केको छ
फ्लोरेन्स नाइटिङ्गेल ले प्रमाण सिद्ध भएको छ ।

सिर उठाइ समाजमा बाँच्न सक्ने साहस दियौ
तरपनि नारी तिमी हक को लागि लडिरह्यौ ।

अनुराधा सिकौ केही समाज कल्याण नारीकै हो
फोहोर बड़े समाजमा उठ्छ औंला नारिकै हो ।

आँखाको डिल छचल्किने पानी बन्न परेपनी
तयार हुने नारिनै हौं आगो बन्न परेपनि ।

समाजमा कलंकको नाश गर्न तिमी धाइदेउ
कसले गर्छ रक्षा यहाँ आमा बनी तिमी आइदेउ ।

जन्म दिने तिमी बन्यौ संसार तिम्लाई मान्दा मैले
भाग्यमानी ठानेको छु तिम्लाई आमा भन्दा मैले ।

जन्म सिद्ध पीडा सहने शक्ति तिमी सृष्टी तिमी
विश्व सारा जगत तिमी, सृजना की खानी तिमी ।

— प्रदिप सुबेदी

 

 

नारी दिवस आज :

नारी दिवस
नारी दिवस
नारी दिवस
नारी दिवस

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img

ताजा प्रकासित

सम्बन्धित समाचार

norefer