जेहुनु ठिकै भयो
मन भन्छ जेहुनु ठिकै भयो!!!
तिम्रो आगमन मेरा लागि खै के भयो
तर मन भन्छ जेहुनु एकदमै ठिक जे भयो!!
कताकता लागिरहेछ खै यो कस्तो खालको आगमन हो
नत म आउछु भनेर आयो नत निम्ता पठाएर नै आयो
तर मन भन्छ जेहुनु ठिकै भयो,
कसैलाई विश्वास नगर्ने यो मन तर तिमिमानै अढिक रह्यो
तिम्रो त्यो नसुनेकै पहिलो बोलिनै मेरा लागि अजिब भयो
तर मन भन्छ जेहुनु ठिकै भयो,
मात्र केही दिनमानैत्योमनले यो मनलाई यसरी जितिरह्यो
जुन तिम्रोत्यो मायालु ब्यवहार मेरो मुस्कानको सिठ्ठिभयो
तर मन भन्छ जेहुनु ठिकै भयो,
तिम्ले वास्ता गर या नगर केही फरक परेन अबत यस्तोभयो,
तिम्रै दिल तिम्लाईनै थाहा नदिई सुटुक्क मेरो दिलमा आयो
तर मन भन्छ जेहुनु ठिकै भयो,
हरपल सोध्ने गर्छु यो मनलाई आज यो के भयो
तर मन भन्छ जेहुनु ठिकै भयो।
✍️सिर्जना पौडेल