spot_img
spot_img

सुबेदीका १० उत्कृस्ट मुक्तकहरु

- Advertisement -

मुक्तक १:
“मलाई आंखा लाउने केटी छुट्टै स्टाइल पार्छे बाबा
देख्न हुन्न जुनबेलानी कपाल तल झार्छे बाबा
बैस चड्या हो कि उसको बानी सारै छाडा भाको
एकान्तमा बोलाई मलाई दिउसै आँखा मार्छे बाबा”

मुक्तक २:
“निद्रा खुलाउन लाई तिम्ले चुरा बजाएको भए
बिहान बेलुका घर को काम मा कजाएको भए
सायद हुने थिएन होला हाम्रो सम्बन्ध विच्छेद
तिमीले पनि त्यो दिल मा मलाई सजाएको भए ।”

मुक्तक ३:
“हासो मजाक मौ भएपनि कसैसँग दिल सारेको छु
उँ pr वाला सँग पल्केकी रैछ , म प्रेम मा हारेको छु
खै कस्तो प्रेम बस्यो अर्कै को नासो संग मेरो
मेरो हुँदिन भन्ने थाहा हुँदा हुँदै पनि अनायासै आँसु झारेको छु”

मुक्तक ४:
“उसको याद नआउने सहर भेटिएपछि आउनेछु
मनमा बसेको उसको तस्बिर मेटिएपछि आउनेछु
भन्छन् पीडाहरू भुलाउने मृत्यु हो अन्तिम उपाय
यादै याद ले यो घाँटी रेटियपछि आउनेछु ।।”

मुक्तक ५:
“बाहिर उज्यालो त तड्पिएको भित्र पाए
ऐनामा निहाले जब टुटेको मित्र पाए
मैले प्रेम कहानी लेख्न छाडिदिए
जब आफूलाई कहानी को भित्र पाए”

मुक्तक ६:
“यौटा बच्चा लाई पेट भर्नकै लागि मझ्भुरी चोर्नुपर्छ ।
जसरी चुलो बल्नकै लागि भिजेको सलाई कोर्नुपर्छ ।
देश मा राडा शासन अनि गरिबी हट्दैन तबसम्म
जब न्याए पाउन कै लागि यौटा निर्दोषीलाई मर्नुपर्छ ।।”

मुक्तक ७:
रोएको बेला यो ज्यान हँसाउने तिमी भएपछि
परी झै रूप अनि बसाउने तिमी भएपछि
यौटा छोरा पाउन मा कञ्जुसाई नगरमला भो
तोरीको तेल जीउ मा घसाउने तिमी भएपछि

मुक्तक ८:
जे पनि हुन्छ हतार हतार मा हुन्छ
मान्छे को सोच अनि विचार मा हुन्छ
यौटै घडी त ढिला चाँडो चल्छ महोदय
जब छुटिएर टाढाको को सहर मा हुन्छ ।

मुक्तक ९:
जाउ हिँड संगै जीवन काटौला भनेकै थिए
सँग सँगै यो जीवन साटौला भनेकै थिए
बद्नाम हुन चाहेकी रैछौ आफ्नै सहरमा तिमी
अन्तिम अवसर ईज्जतको भागौला भनेकै थिए

मुक्तक १०:
पहुंच नै थिएन, अवसर सँग गुनासो के गर्नु,
चाहना मरिसकेको रहरसँग गुनासो के गर्नु
न गतिलो सीप छ हात मा, न गतिलो पढाइ
सुविधाले भरिएको सहर सँग गुनासो के गर्नु ।।

मुक्तक ११:
चुलोचौको मेलापात गर्न तिम्ले पर्ने छैन
खान नपाई कालले मर्न तिम्ले पर्ने छैन
खेतबारी नी नजिकै छ घर कै आडमा मेरो
घास दाउरालाई बेसी झर्न तिम्ले पर्ने छैन ।।

-प्रदिप सुबेदी

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img
spot_img
spot_img

ताजा प्रकासित

सम्बन्धित समाचार

norefer