कृषि तथा वन विज्ञान विश्वविद्यालयले डिन प्रा. जयप्रकाश दत्तलाई निलम्बन गरेको छ।
कृषि संकायका डिन दत्तले जुम बैठकमा महिला कर्मचारीलाई अश्लील हर्कत गरेको भिडियो सार्वजनिक...
कृषि तथा वन विज्ञान विश्वविद्यालयले डिन प्रा. जयप्रकाश दत्तलाई निलम्बन गरेको छ।
कृषि संकायका डिन दत्तले जुम बैठकमा महिला कर्मचारीलाई अश्लील हर्कत गरेको भिडियो सार्वजनिक भएको थियो।
उनलाई निलम्बन गरिएको कृषि तथा वन विज्ञान विश्वविद्यालयले जनाएको छ।
विश्वविद्यालयका उपकुलपति पुण्य रेग्मीले दत्तलाई...
नासाले यौटा नयाँ एस्टेरोइड पत्ता लगाएको छ । नयाँ पत्ता लागेको एउटा एस्टेरोइड अर्थात् क्षुद्रग्रहले अबको २३ वर्षपछि पृथ्वीमा प्रभाव पार्ने सम्भावना न्यून रहेको अमेरिकी अन्तरिक्ष निकाय नासाले मङ्गलवार जनाएको छ।
ओलिम्पिक्स खेलमा प्रयोग हुने पौडी पोखरी जत्रो आकारको उक्त चट्टानी टुक्रा पृथ्वीमा ठोकिने अवस्था आए त्यो सन् २०४६ को प्रणय दिवसका दिन आइपुग्ने नासाको पूर्वानुमान छ।
हरेक वर्ष फेब्रुअरी १४ का दिन प्रणय दिवस मनाउने गरिएको छ।
नासाका अनुसार उक्त क्षुद्रग्रह पृथ्वीको सबैभन्दा नजिकको दूरीबाट १८ लाख किलोमिटर टाढा छ।
विस्तृत विवरणपछि अहिले गरिएको प्रक्षेपण परिवर्तन पनि हुनसक्छ। अनुसन्धानकर्ताले यसबारे थप तथ्याङ्क सङ्कलन गरिरहेका छन्।
पृथ्वीमा क्षतिको सम्भावना कस्तो छ ?
नासाले उक्त क्षुद्रग्रहलाई ‘२०२३ डीडब्लू’ नाम दिएको छ र यसले पृथ्वीमा क्षति पुर्याउने सम्भावना ५६० मा एक रहेको जनाएको...